एस. जयशंकरको भनाईमा नेकपा नेता नेपालको आपत्ति

डिसी नेपाल
२५ साउन २०७७ १७:३६

काठमाडौं। भारतीय विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्ध भारतीय भनेर दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आपत्ति जनाएका छन्। पूर्व प्रधानमन्त्री तथा नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले भनेका छन्, ‘लुम्बिनीमा जन्मिएका बुद्धलाई महान भारतीय गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ।’

भारतीय विदेशमन्त्री जयशंकरले शनिबार दुईजना महान भारतीय गौतम बुद्ध र महात्मा गान्धी विश्वमै प्रख्यात रहेको भनेका थिए।

उनको यो भनाईप्रति नेपालमा निकै आलोचना भइरहेको छ। लगभगसबै दलका नेताहरुले यो विषयमा आपत्ति प्रकट गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *