र्‍याली अफ होपः विश्व नेताहरूले भने ‘मानवता बचाउन विश्व एक जुट हुनुपर्छ’

डिसी नेपाल
२५ साउन २०७७ २२:०३

सियोल। आइतबार दक्षिण कोरियाबाट संञ्चालन गरिएको र्‍याली अफ होपमा संसारभरिका करिब १९४ देशका दशलाख भन्दा बढी सहभागिहरूले प्रत्यक्ष रुपमा सहभागिता जनाएका छन्। टेलिभिजन, तथा विभिन्न सामाजिक संजालहरूका माध्यमबाट करिब १ करोड मानिसहरूले कार्यक्रमलाई हेरेका छन्।

कोभिड १९ ले विश्वमा अकल्पनीय क्षति पुर्याएको छ। लाखौं मानिसहरूले मृत्युवरण गरिसकेका छन्, संख्या अझै बढ्दो क्रममा नै छ। कोभिड १९ पछिको आर्थिक, सामाजिक, मनोसामाजिक, र राजनीतिक अवस्थाको सामना गर्न निकै मुस्किल पर्ने देखिन्छ। द्वन्द्व र लघुताभाषमा फसेको विश्व नेतृत्वलाई यस र्याली अफ होपले दृश्टिकोण उपलब्ध गराएको छ।

संयुक्त राष्ट्रसंघीय पूर्व महासचिव, वान की मुनले पाहुना तथा विश्वभरिका सहभागिहरूलाई स्वागत गरेको कार्यक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पका अध्यात्मिक सल्लाहकार पावला ह्वाइटले स्तुति घोष गरेकी थिइन् भने हाउस अफ काउन्सिलर जापानका पूर्व अध्यक्ष चुइची दाते र अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख न्युट ग्रिनगिचले बधाइ सन्देश दिएका थिए ।

कम्बोडियाका प्रधानमन्त्री सम्देच हुन सेन, सेनेगलका राष्ट्रपति म्याक्की साल, निजरका प्रधानमन्त्री ब्रिजी राफिनी, क्यानाडाका पूर्व प्रधानमन्त्री, स्टेफन हार्फर, अल्बेनियाका पूर्व राष्ट्रपति अल्फ्रेड मोइस्यू, र ग्वाटेमालाका पूर्व राष्ट्रपति जिमी मोरालेस कार्यक्रममा सहभागी थिए। उनीहरुले कोरोनाविरुद्धको लडाईँमा विश्व भाईचाराको व्यवहार हुनुपर्ने बताएका छन्। उनीहरुले कोराना विश्वव्यापी संकट भएको भन्दै यसविरुद्ध विश्व नै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

युनिभर्सल पीस फेडेरेसनकी सहसंस्थापिका, र्याली अफ होप कि संयोजनकर्ता तथा मदर अफ पीस, डा हाक जा हान मुनले विशेष मन्तव्य दिएकी थिइन्। उनले भनिन्, ‘हामी अब परिवारमा केन्द्रित सर्वव्यापक नैतिक एवं अध्यात्मिक मूल्यमान्यता तर्फ फर्कनु आवश्यक छ।’ विगत २ बर्ष भित्रमा विश्वका विभिन्न देशहरूमा १४ वटा शिखर सम्मेलन सम्पन्न गरेकी डा मुनले विश्व एक घर, विश्वका सम्पूर्ण मानिसहरू एक परिवार तथा वसुदैव कुटुम्बकमको मान्यतालाई जोड दिंदै भनिन्, ‘यो नै हाम्रो सम्पदा र अगाडिको बाटो दुवै हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *