विश्वभर कोरोना : संक्रमितको संख्या २ करोड नाघ्यो, आधा करोड बढी अमेरिकामा

डिसी नेपाल
२६ साउन २०७७ ८:०४

काठमाडौं। विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। वल्र्डोमिटरको तथ्याङ्क अनुसार हाल विश्वभरका २ करोड २२ हजार २ सय बढी मानिसहरु कोरोनाबाट संक्रमित भएका छन्।

विश्वभरका २ सय १५ देशमा फैलिएको कोरोनाका सबै भन्दा बढी संक्रमितहरु अमेरिकामा रहेका छन्। अमेरिकामा आधा करोड बढीमा संक्रमण देखिएको छ। तथ्याङ्कका अनुसार ५१ लाख ९९ हजार ४ सय बढी संक्रमितहरु अमेरिकामा देखिएका छन्। ३३ करोड १२ लाख २० हजार बढी जनसंख्या भएको अमेरिकामा ५१ लाख ९९ हजारमा संक्रमण देखिएको हो। अमेरिकाले हालसम्म ६ करोड ५४ लाख ३३ हजार २ सय बढीको पिसीआर परीक्षण गरेको तथ्याङ्कमा उल्लेख गरेको छ।

यस्तै, संक्रमित धेरै हुने देशहरुमा अमेरिका पछि ब्राजिल रहेको छ। ब्राजिलमा ३लाख ३५ हजार बढी संक्रमित रहेका छन्। १ करोड ३२ लाख ३१ हजार ५ सय बढीमा गरीएको पीसीआर परीक्षणबाट ३ लाख ३५ हजार बढीमा संक्रमण देखिएको हो।

भारत संक्रमित हुने देशहरुको लिस्टमा तेस्रो नम्बरमा पर्दछ । भारतमा हालसम्म २ करोड ४१ लाख ६ हजार ५ सय बढीमा पीसीआर परीक्षण गरिएकोमा २२ लाख १४ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको जनसंख्या १ अर्ब ३८ करोड १५ लाख ३२ हजार २ सय बढी रहेको छ।

यस्तै, कोरोनाबाट मृत्यु हुनेमा पनि सबै भन्दा बढी अमेरिकामा रहेका छन्। तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म १ लाख ६५ हजार ६ सय बढीले कोरोनाका कारण ज्यान गुमाइ सकेका छन्। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेमा अमेरिकापछि ब्राजिल रहेको छन्। ब्राजिलमा हालसम्म १ लाख १ हजार १ सय बढीको कोरोनाका कारण मृत्यु भएको छ।

कोरोनाका संक्रमित कम भए पनि मृत्यु हुनेको संख्याका आधारमा विश्वको तेस्रो नम्बरमा मेक्सीको रहेको छ। मेक्सीकोमा १० लाख ९१ हजार बढीमा गरिएको पीसीआर परीक्षणबाट ४ लाख ८० हजार २ सय संक्रमित भेटिएका छन् भने ५२ हजार २ सयबढीले ज्यान गुमाई सकेका छन्। यसैगरी, यूकेमा ३ लाख १० हजार ८ सय बढी कोरोनाका संक्रमित भएपनि ४६ हजार ५ सय बढीले ज्यान गुमाइ सकेको वल्र्डोमिटरले देखाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *