नताशालाई कोरोना संक्रमण

डिसी नेपाल
२६ साउन २०७७ ८:१८

मुम्बई। अभिनेत्री तथा मिस वल्र्ड इण्डिया २००६ नताशा सुरीमामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। केही दिनअघि मात्रै एक विशेष कामका लागि पुणे जाँदा उनलाई कोरोना संक्रमण भएको हो।

एक भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले आफूमा कोरोना देखिएको पुष्टि गरेकी हुन्। उनले भनेकी छन्, ‘करिब ६ दिनअघि म एक जरुरी कामले पुणे गएको थिएँ। त्याँहाबाट फर्केपछि मलाई सञ्चो नभएपछि तीन दिनअघि मैले कोरोना परीक्षण गराएको थिएँ । रिपोर्ट पोजेटिभ आएको छ।’

उनी होम क्वारेन्टिनमा छिन्। अझै शरीर कमजोर भएकाले औषधिसँगै (इम्युनिटी बुष्टर्स) लिइरहेको उनले जानकारी दिए। पुणेबाट फर्किएपछि उनलाई कमजोरी र घाँटीमा समस्या देखिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *