संक्रमणलाई रोक्ने उपायबारे मुख्यमन्त्री राईद्वारा सरोकारवालाहरुसँग भर्चुअल बैठक

डिसी नेपाल
२७ साउन २०७७ २०:२३

विराटनगर । प्रदेश नं का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारको लागि थप चाल्नु पर्ने कदमहरुका बारेमा आज सरोकारवाला पक्षहरुसँग भर्चुअल बैठक गरेका छन् । बैठकमा प्रदेशका मन्त्री सहित स्वास्थ्य क्षेत्रका विज्ञ कोरोना भाइरस बढी संक्रमण देखिएको जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी र उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

सहभागीहरुले आगामी दिनमा चाल्नु पर्ने कदमहरुका बारेमा सुझाव दिएका थिए। सरोकारवालापक्षहरुले दिएको सुझावको आधारमा थप कदम चालिने मुख्यमन्त्री शेरधन राईले बताए। विज्ञ र सरोकारवाला पक्षहरुले आवश्यकता, समन्वय र ठाउँ अनुसार मात्र लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् । मुख्यमन्त्री राईले तीनै तहबीच आवश्यक समन्वय हुनु पर्ने बताए। कोभिड १९ मा तीनै तहबीचको आवश्यक समन्वयका कारण कोभिड महामारी नियन्त्रणको काममा सहज भएको उनले बताए। ‘कतिपय अवस्थामा समन्वय नभएको हुन सक्छ, तपाईहरुको सुझावको आधारमा थप समन्वय र सहकार्य हुनेछ’ मुख्यमन्त्री राईले भने।

झापा, मोरङ्ग, सुनसरी, उदयपुरका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको बारेमा जानकारी गराएका थिए। उद्योगी व्यवसायीहरुले नीजि अस्पताल र होटलहरुलाई पनि आइसोलेसन बनाउन सुझाव दिएका थिए । उनिहरुले पनि लकडाउन गर्दा समन्वय गरेर मात्र गर्नुपर्ने नत्र लकडाउनको कुनै अर्थ नरहने बताएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरुले अस्पतालहरुबीच समन्वय गर्नुपर्ने बताए । दिर्घरोगीहरुको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने लगायतका उनिहरुको सुझाव थियो । स्वास्थ्य क्षेत्रबाट डा. सञ्जीव शर्मा, डा. सूर्य पराजुली, पंकज खतिवडा, डा. मोहन, डा। शंकर अधिकारीको उपस्थिति थियो । नगरपालिकाहरुबाट सूर्योदय नगरपालिका आरबी राई, विर्तामोड नपा, ध्रुव सिवाकोटी, दमक नपा, रोमनाथ ओली, रंगेली नपा, दिलिप अग्रवाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले सुझाव दिएका थिए । सुरक्षा निकायका प्रमुखहरुले सिमा सुरक्षा लगायतका बारेमा जानकारी गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *