अमेरिकी डलरमा गिरावट हुँदा अन्य देशको बढ्यो (सूचिसहित)

डिसी नेपाल
२८ साउन २०७७ ७:२९

काठमाडौं। अमेरिकी डलरमा बुधबार सामान्य गिरावट आएको छ। मंगलबारसम्म ११९ रुपैयाँ ५४ पैसामा कारोबार भएको अमेरिकी डलर बुधबार ११९ रुपैया ३४ पैसामा कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अमेरिकी डलरमा आएको गिरावटसँगै यूरोपीयन यूरो र पाउण्ड स्टर्लिङको मूल्यमा भने वृद्धि भइरहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ३४ पैसा विक्रीदर ११९ रुपैयाँ ५४ पैसा रहेको छ। यूरोपीयन यूरोको खरिददर १४० रुपैयाँ ७२ पैसा, विक्रीदर १४१ रुपैयाँ ४३ पैसा रहेको छ।

पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ४० पैसा, विक्रीदर १५७ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा, विक्रीदर ८६ रुपैयाँ १३ पैसा रहेको छ।

अमेरिकी डलरमा आएको गिरावटसँगै खाडी मुलुकको विनिमयदरमा पनि केहि गिरावट आएको छ। मंगलबारसम्म ३१ रुपैयाँ ८७ पैसामा कारोबार भएको साउदी रियाल बुधबार भने ३१ रुपैयाँ ८२ पैसामा कारोबार भएको छ। यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७८ पैसा र विक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियाल पनि मंगलबारको तुलनामा घटेको हो।

यूएइ दिराम १ को खरिददर ३२ रुपैयाँ ४९ पैसा, विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ४७ पैसा र विक्रीदर २८ रुपैयाँ ६१ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *