चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

डिसी नेपाल
२० असार २०८३ २०:४८

घोराही (दाङ)। दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्।

मृत्यु हुनेमा बङ्गाचुली गाउँपालिका–२ मर्पेसका २६ वर्षीया दीपा थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज साँझ साढे ६ः०० बजे उपचारका क्रममा उनको मृत्यु भएको हो।

सोही ठाउँका २९ वर्षीया कमला थापा र ३४ वर्षीय सन्दीप विक घाइते भएका छन्। घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *