नेपाली चिया किसानलाई धक्का ! भारतले नेपाली चिया आयातमा कडाइ गर्दै

डिसी नेपाल
२८ साउन २०७७ १२:४७

काठमाडौं। भारतले नेपाली चिया आयातमा कडाइ गर्ने भएको छ । भारतको राष्ट्रिय चिया बोर्डले केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्र लेख्दै नेपालबाट आयात गरिने चियाको गुणस्तर अनुगमनमा कडाइ गर्न भनेको छ । ‘नेपाली चियाको अनियन्त्रित आयात र बिक्री’ रोक्न भन्दै यतो पत्राचार गरिएको हो । यसले नेपाली चिया उत्पादकको बिक्रीमा ठूलो धक्का लाग्नेछ । नेपाली चियाको ठूलो बजार भारत हो ।

टेलिग्राफ इण्डियाका अनुसार पछिल्ला केही वर्षमा नेपाली चिया दार्जिलिङको चिया भनेर भारतमा बिक्री भइरहेकोले यसले दार्जिलिङका चिया उत्पादक मर्कामा परेको भन्दै भारतको चिया बोर्डले कडाइ गर्न लागेको हो । चिया बोर्डका सचिव ऋषिकेश राईले सोमबार मन्त्रालयकी सहसचिव अञ्जली आनन्दलाई तीनवटा पत्र लेख्दै नेपालबाट आयात हुने चियामा कडाइ गर्न जरुरी भइसकेको बताएका छन् । चिया बोर्ड स्रोतका अनुसार पछिल्लो ६ वर्षमा नेपालबाट भारतमा ७ करोढ १९ लाख किलो चिया निर्यात भएको छ ।

नेपालले चियामा कुनै निश्चित गुणस्तर मापदण्ड निर्धारण नगरेको तर भारतले फुड सेफ्टी एण्ड स्टान्डर्ड ऐन लागू गरेको भन्दै भारतले निर्धारण गरेको मापदण्ड पूरा गर्ने चिया मात्र नेपालबाट भारत निर्यात गर्न अनुमति दिने तयारी गरिएको छ । यद्यपि भारतले तोकेका सबै ३४ मापदण्ड पूरा हुनु जरुरी भने छैन । यीमध्ये तीन वा ४ मापदण्ड भने जाँच गरिनेछ र त्यो पूरा नगर्ने चिया भारतमा बिक्री गर्न पाइने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *