प्रेम र विवाहको नाटक गरेर फरार भएका युवा पक्राउ

डिसी नेपाल
२८ साउन २०७७ १५:३४

धादिङ । प्रेम र विवाहको नाटक गरेर युवती बलात्कार गरेको आरोपमा थानकोट प्रहरीले धादिङ घर भएका राजन विश्वकर्मा उर्फ (राज सेन्चुरी)लाई पक्राउ गरेको छ।

काठमाडौं घर भएकी २४ वर्षीया युवतीलाई राजनले तीन महिना प्रेम सम्बन्ध राखेर नक्कली विवाह गरे। नाम, थर ढाँटेर प्रेम विवाह गरेका राजनले थानकोट चेकपोष्ट स्थित डेरामा युवतीलाई ६ दिन बलात्कार गरेर फरार भएको प्रहरीले जनाएको छ।
बलात्कार गरेर पीडितको दराजमा राखेको २ लाख नगद र २ तोला सुन लिएर भागेको महानगरीय प्रहरी वृत थानकोटको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

‘पीडितले दिएको जाहेरीको आधारमा हामीले उनलाई पक्रेर बलात्कार र ठगी मुद्दा चलाएका छौँ,’ डिएसपी श्रेष्ठले भने, ‘बलात्कार गर्ने नियतले नै प्रेम–विवाहको बहाना बनाएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।’

काठमाडौँमा घर र जमिन भएकी युवतीलाई सेन्चुरीले ठग्ने र बलात्कार गर्ने नियतले नै मायाको जाल बिछ्याएको पाइएको छ । ‘भागी विवाह’पछि थानकोट चेकपोष्ट स्थित एक घरमा खोजेको कोठामा फर्निसिङ गर्ने लगायतका खर्च युवतीले नै व्यहोरेकी थिइन् ।
साउन २२ मा बिहान ५ बजे युवती ब्यूँझदा राजनले पैसा र सुन लिएर भागेको थाहा पाएपछि युवतीले महानगरीय प्रहरी वृत थानकोटमा उजुरी दिएकी हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *