उपत्यकामा थप १३८ जनामा कोरोना पुष्टि, काठमाडौंमा थपिए १०९ संक्रमित
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा थप १३८ जनामा कोरोना पुष्टि भएको हो।
आज काठमाडौं जिल्लामा १०९ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा कोरोना देखिएको छ। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन्।
उपत्यकामा मंगलबार १३४ जनामा कारोना संक्रमण देखिएको थियो । आज देशभर जम्मा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment