बाढी पहिरो पीडितलाई राहत दिन ध्यानाकर्षण

डिसी नेपाल
२९ साउन २०७७ २३:५२

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाका सदस्यले वर्षासँगै भएको बाढीपहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपको समस्याबाट प्रभावित परिवारलाई सयममै उचित राहत दिन बिहीबार सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। प्रदेशसभा बैठकको शून्य समयमा सदस्यले कोभिड–१९ सङ्क्रमण र बाढीपहिरो, डुबानको समस्याले जोखिममा परेका परिवारलाई समयमै उचित वासस्थानको व्यवस्था गर्न माग गरे।

अहिले युरिया मलको चरम अभाव भएकाले तत्काल मलखाद व्यवस्था गर्न र कैलालीको टीकापुरका पत्रकार गणेश चौधरीमाथि भएको आक्रमणको घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न पनि उनीहरुले ध्यानाकर्षण गराए। अव्यस्थित क्वारेन्टिन बनाएकै कारण कञ्चनपुर कृष्णपुर नगरपालिकाकी राधिका ओडको क्वारेन्टिनमै करेन्ट लागेर ज्यान गएको भन्दै उनीहरुले मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिन र घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरे।

शून्य सममा भाग लिने प्रदेशसभा सदस्यमा अमरबहादुर साउद, कुमारी नन्दा बम, कुलवीर चौधरी, बलबहादुर सोडारी, मनाकुमारी साउद, महेशदत्त जोशी, मानबहादुर धामी, मानबहादुर सुनार, माया बोहरा, मालामती राना थारु, शान्ति नेपाली र सुशीला बुढाथोकी थिए। बैठकमा प्रदेशसभा, सामाजिक विकास समितिका सभापति कुन्ती जोशीले ‘प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ ’माथि समितिमा दफावार छलफल भई तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *