बलात्कारीलाई मृत्युदण्डको सजाय सुनाइएपछि पुलिस स्टेशनमा दिपावली गरेर खुसी मनाइयो

डिसी नेपाल
३० साउन २०७७ ९:०७

काठमाडौं। महाराष्ट्रको बुलढाणामा १ जर्ष पहिले ९ वर्षकी बालिकालाई कलात्कार गर्ने २ अभियुक्तलाई अदालतले मृत्युदण्डको सजाय सुनाएपछि यो मुद्दाको अनुसन्धान गर्ने पुलिस स्टेशनका पुलिसकर्मीहरुले दिपावली गरेर खुसी मनाएका छन् । दिव्यमराठीका अनुसार बिहीबार बलात्कारका दुवै आरोपीहरुलाई बुलडाणाको जिल्ला तथा सत्र न्यायालयले मृत्युदण्डको सजाय सुनाएको हो । न्यायालयको निर्णयपछि मुद्दाको अनुसन्धान गर्ने चिखली पुलिस स्टेशनका पुलिसकर्मीले पुलिस स्टेशनलाई बेहुलीझैं सजाए, पटाखा पड्काए र दिपावली गरेर खुसी मनाए ।

२६ अप्रिल २०१९ मा २ युवकले ९ वर्षकी बालिकालाई बलात्कार गरेका थिए । बालिका आफ्ना मातापितासँग सुतिरहेको बेला ती २ जनाले उनलाई उठाएर सुनसान ठाउँमा लगी बलात्कार गरेका थिए । पीडित बालिकाका पिताको उजुरीअनुसार आरोपीहरु सागर विश्वनाथ र निखिल शिवाजीलाई पक्राउ गरिएको थियो । यो घटनापछि त्यहाँका स्थानीय अपराधीलाई कडा सजायको माग थर्दै सडकमा उत्रिएका थिए । एक दिन पूरै शहर बन्द गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *