काठमाडौं उपत्यकामा थप ११९ जनामा देखियो कोरोना

डिसी नेपाल
३० साउन २०७७ १६:४२
8
Shares

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा थप ११९ जना संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ८३ जनामा कोरोना पुष्टि भएको छ। यस्तै ललितपुरमा ३० र भक्तपुरमा ६ जना संक्रमित थपिएका छन्। संक्रमितको ठेगाना भने खुलाइएको छैन्।

बिहिबार उपत्यकामा १२७ जनामा कोरोना संक्रमण देखिएको थियो। यस्तै बुधबार १३८ जनामा संक्रमण पुष्टि भएको थियो । आज देशभर ५९४ जनामा कोरोना संक्रमण देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *