५० लागिन् मनिषा काेइराला

डिसी नेपाल
३२ साउन २०७७ १३:०१

काठमाडाैं। चर्चित बलिउड अभिनेत्री मनिषा काेइरालाकाे आज जन्मदिन परेकाे छ। मनिषा कोइराला १६ अगस्ट १९७० मा काठमाडौंमा जन्मेकी थिइन्। मनिषालाइ जन्मदिनकाे शुभकामना दिनेकाे ओइरो लागेकाे छ। मनिषा अहिले नेपालमै छिन्।

उनी हिन्दी चलचित्रमा काम गर्छिन्। साथै उनी यूएनएफपीए सद्भावना राजदूत र सामाजिक कार्यकर्ताको रुपमा पनि परिचित छिन्। उनको बुवाको प्रकाश कोइराला र आमा सुष्मा कोइराला हुन्।

मनिषा बिपी कोइरालाकी नातिनी हुन्। उनले बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षासम्म पढेर वाराणसी गइन् र उनको चाहना डाक्टर बन्नु थियो तर उनी मोडेलिंगमा आफ्नो जीवनको सुरुवात गर्न थालिन्।
सुरुमा मनिषा कोइरालाले हिन्दी चलचित्रमा काम गरिन् पछि तमिलको कयौं चलचित्रहरूमा पनि देखा परिन्। मनिषा कोइराला भारतनाट्यम र मणिपुरी नृत्यमा परिपूर्ण एउटा नृत्यांगना हुन्।

उनले नेपाली चलचित्रमा पनि काम गरेकी छिन्। उनले नेपाली चलचित्र ‘फेरि भेटौँला’ (१९८९)मा अभिनय गरेकी थिइन्। उनको पहिलो हिन्दी चलचित्र सौदागर हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *