विराटनगरमा थप ४३ जना काेराेना सङ्क्रमित

डिसी नेपाल
३२ साउन २०७७ १५:३४

विराटनगर। समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन्। महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। सङ्क्रमित हुनेमा १९ महिला रहेका छन्।

सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ र ५ का चार/चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन्।

यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *