थप ५८१ जनामा कोरोना पुष्टि, उपत्यकामा थपिए १६८ संक्रमित

डिसी नेपाल
१ भदौ २०७७ १६:२७

काठमाडौं । सोमबार उपत्यकामा १६८ सहित ५८१ जना थप कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ५ सय ८१ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा १३९ जना, भक्तपुरमा १५ जना र ललितपुरमा १४ जना गरी काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २७ हजार २४१ पुगेको छ।

हालसम्म १७ हजार ४ सय ९५ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १६० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ९ हजार ६३९ रहेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ। गत २४ घण्टामा ११ हजार ५२० जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै १५हजार १९८ जना क्वारेन्टिनमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *