विस्फोटले थलिएको लेबनानमा कोरोनाको कहर

डिसी नेपाल
१ भदौ २०७७ १९:४०

बेरुत (एजेन्सी)। लेबनानका कार्यवाहक स्वास्थ्य मंत्री हमद हसनले राजधानी बेरूतमा चार अगस्टमा भएको विस्फोटपछि कोरोना महामारीको संक्रमण बढेपछि दुई हप्ताका लागि लकडाउन घोषणा गरेका छन्।

उनले भ्वाइस अफ लेबनान रेडियोसँग भने, ‘आ हामीले देशमा लकडाउन लगाउने कडा फैसला लिनु परेको छ।’ हमद हसनले लेबनानको एक पत्रिका ‘अन नाहर’लाई भने, ‘दुई हप्ताको लकडाउनका क्रममा मेडिकल सुविधाहरु जारी रहनेछ।’

बेरुतको तटीय क्षेत्रमा हालै भएको विस्फोटमा ६ हजारभन्दा धेरै मानिसहरु घाइते भएका थिए। यस्तै २ सयभन्दा धेरैको मृत्यु भएको थियो। यो विस्फोटका कारण बेरूतमा अस्पतालहरुमा पनि निकै क्षति भएको छ।

स्वास्थ्य मन्त्रालयले आइतबार लेबनानमा कोरोनाका ४३९ नयाँ केस आएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *