सुशान्त सिंह राजपूत मृत्यु प्रकरण : सीबीआईलाई अनुसन्धान गर्न अदालतको आदेश

डिसी नेपाल
३ भदौ २०७७ १३:३१

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युका विषयमा सीबीआईलाई जाँच गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सुशान्तकी गर्लफ्रेण्ड रिया चक्रवर्तीले पटनामा भइरहेको अनुसन्धानलाई मुम्बई सार्न अपील गरेकी थिइन्।

सर्वोच्च अदालतले विहार प्रहरीले दर्ता गराएको एफआईआरलाई सही भएको बताएको छ। सर्वोच्चले सीबीआई जाँचको सिफारिस पनि कानुन अनुसार नै भएको बताएको छ। अदालतले मुम्बई प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न, प्रमाण जुटाउन र सीबीआईलाई सुम्पिन आदेश लिएको छ। अब अन्य कुनै एफआईआर दर्ता भए त्यसको अनुसन्धान पनि सीबीआइले गर्ने अदालतले जनाएको छ।

सर्वोच्चले सुशान्त निकै ट्यालेन्ट अभिनेता भएको उल्लेख गर्दै धेरै मानिस उनको मृत्युबारे अनुसन्धानको प्रतीक्षामा रहेकाले निष्कक्ष र प्रभावकारी छानवीन गर्न आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *