रौतहटमा मन्दिरका पुजारीको गोली हानी हत्या
काठमाडौं। प्रदेश नम्बर २ को रौतहटमा बुधबार अबेर एक मन्दिरका पुजारीको गोली हानी हत्या भएको छ। रौतह प्रहरीका अनुसार जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर २ स्थित खेस्रैया बजारमा रहेको हनुमान मन्दिरका पुजारी राम साहको गोली हानी हत्या भएको हो।
पुजारी साहमाथि खाना खाइरहेका बेला राती करिब ९ बजे गोली प्रहार गरिएको प्रहरीले जनाएको छ। गोली लागेर साहको घटनास्थलमै निधन भएको प्रहरीले जनायो। प्रहरीका अनुसार गोली कसले किन चलायो भन्नेबारेमा केही खुलेको छैन।
रौतहट प्रहरीका एकजनाले डिसी नेपालसँग भने, ‘अज्ञात समूहले गोली हानेको हो। हामी सबैतिरबाट अहिले हत्याराको खोजीमा लागेका छौं। अहिलेसम्म आक्रमणकारीबारे केही जानकारी प्राप्त भएको छैन।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment