पूर्व प्रधानसेनापतिको टिकटकमा अभिनय, भिडियो सार्वजनिक

डिसी नेपाल
६ भदौ २०७७ ९:२२

काठमाडौं। नेपाली सेनाका एकजना पूर्व प्रधानसेनापतिले मनोन्जनात्मक सोसल मिडिया टिकटकमा अभिनय गरेको सार्वजानिक भएको छ।  आफ्नो कार्यकालमा निकै शक्तिशाली मानिएका सेनापति गौरवशमशेर राणा र उनकी पत्नी डली राणाले एउटा नेपाली गीतमा अभियन गरेका छन्।

तारादेवीको ‘ए कान्छा मलाइ सुनको तारा झारी देऊ न, त्यो तारा मात्र होइन जून पनि झारी दिउँला’ बोलको गीतमा राणा दम्पत्तिको अभियन यतिबेला सैनिक बृत्तमा चर्चामा छ।

बबरमहलस्थित आफ्नै निवास कम्पाउण्डमा बनाएको सो टिकटक भिडियोमा पूर्वसेनापति राणा, उनकी पत्नीसहित राणाका भाइ उपेन्द्र र बुहारी स्नेहा राणाले समेत अभियन गरेका छन्।

प्रधानसेनापति दम्पत्तिको अभिनयमा राणाले आफ्नी पत्नीलाई गीतले भनेझैं आकाशबाट जून झारेर दिने गरी हाउभाउ देखाएर अभिनय गरेका छन्। उस्तै हाउभाउको प्रयास उपेन्द्रले स्नेहलाई गरेको भिडियोमा देखिन्छ।

राणाका भतिज पराक्रम राणाले आफ्नो टिकटक आईडीमार्फत पूर्वसेनापति दम्पत्तिको अभियनको भिडियो सार्वजानिक गरेका हुन्। चीनको सोसल मिडिया साइट टिकटक यतिबेला भारतमा पूर्णतया प्रतिबन्धित छ भने अमेरिका र युरोपमा पनि टिकटकलाई प्रतिबन्ध लगाउनेबारे छलफल चलिरहेको छ। व्यक्तिगत गोपनीयताका विषय चीनले टिकटकमार्फत लिने गरेको आरोप लाग्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *