तुइनको सहारामा वारपार

डिसी नेपाल
६ भदौ २०७७ १८:०५

मार्तडी । जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्ड जोड्ने बेलिब्रीज बगाएपछि विच्छेद बनेको पदैल यात्रा तुइन जडानसँगै जोडिएको छ ।

पैदल यात्रा समेत रोकिएको अवस्थामा जडाङ्गा र ओलेनाका स्थानीयवासीले बुढीगङ्गा नदीमाथि तुइन जडान गरेर यात्रा सहज बनाएका हुन् । बेलिब्रीज बगाएकै स्थानमा स्थानीयवासीले तुइन जोडेर पैदल यात्रुलाई सेवा दिइरहेका छन् । जडाङ्गा र ओलेनका स्थानीयवासीले विहानदेखि बेलुकासम्म तुइनबाट सर्वसाधारणलाई वारपार गर्ने गरेका छन् ।

बुढीगङ्गा नदीमाथि बनेको बेलिब्रीजबाट जाने आउने गरेका स्थानीवासी बेलिब्रिज बगाएपछि राजमार्गमा जान आउन निकै सास्ती हुने भएकाले सोही ठाउँमा तुइन जडान गरिएको स्थानीयवासीले बताएका छन् । तिपाडा क्षेत्रमा पुल भएपनि त्यहाँ पुग्न धेरै समय लाग्ने भएका कारण तुइनलाई नै सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् । “तुइनको साहरामा नदी वारपार गर्नुपर्छ”, रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओलीले भने ।

तुइनको साहराबाट वारपार गर्दा कुनै पनि वेला मानवीय क्षति हुन सक्ने हुँदा स्थानीय तहलगायत सम्बन्धित पक्ष यस बारे गम्भीर हुनुपर्ने उनको भनाइ छ । तुइनको साहराबाट यात्रा गर्दा प्रतिव्यक्ति एकतर्फी रु ५० लिन गरिएको बताइएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *