प्रदेश सरकारको सहयोगमा पिसिआर प्रयोगशाला सञ्चालन हुँदै

डिसी नेपाल
६ भदौ २०७७ २१:५७

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा यहाँ कोरोना परीक्षणका लागि पिसीआर प्रयोगशाला सञ्चालनको तयारी गरिएको छ । जिल्ला अस्पतालमा सञ्चालनको तयारी भएको प्रयोगशालाका काम अन्तिम चरणमा पुगेको छ ।

प्रगोगशाला सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचनाको काम ९० प्रतिशतभन्दा बढी भएको जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । प्रयोगशालाका लागि टाइलिङ, वायरिङ, आल्मोनियम पार्टेसनलगायत गरी ९० प्रतिशत काम सम्पन्न भएको छ । उनले भने, “भदौ १२÷१३ गतेदेखि पिसीआर परीक्षण गर्ने गरि काम धमाधम भइरहेको छ ।”

प्रयोगशालाका लागि गत साउन २१ गते मेशिन बैतडी भित्रिएको छ । उनले भने, “मेशिन जडानको काम पनि थाल्ने तयारीमा छौँ ।” प्रयोगशालामा आवश्यक पर्ने जनशक्ति भर्ना गरिरहेको जिल्ला अस्पतालले जनाएको छ । प्रयोगशालाका लागि कर्मचारी यही भदौ ७ गते छनोट हुने र त्यसपश्चात मेशिन जडानको काम हुने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *