गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन एनआरएनएको आग्रह

डिसी नेपाल
७ भदौ २०७७ १३:१०

काठमाडौं । गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भएपनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष पन्तले सो आग्रह गरेका हुन् ।

सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनले बताए ।

नेपालमा आफ्न्तको काजकिरीया गर्न आउनेदेखि व्यवहारिक कामका लागि नेपाल नआइनहुने गैरआवासीय नेपालीहरुलाई समेत आवश्यक भिसा, सुविधा उपलव्ध गराई नियमित उडान मार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको गैरआवासीय नेपाली संघको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले डिसी नेपालीलाई बताए ।

उनका अनुसार संघले सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारिक र व्यवस्थित गर्न नेपाल सरकार समक्ष आग्रह गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *