प्रेममा धोका पाएकाको कथामा शिल्पाको गज्जब अभिनय (भिडियाे)

डिसी नेपाल
८ भदौ २०७७ १५:०९
4
Shares

काठमाडौं। अभिनेत्री शिल्पा पोखरेलको अभिनय रहेको ‘जाने बेला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

प्रेममा धोका पाएकाको कथालाई उतारिएको गीतमा गायक श्रेष्ठ र गायिका मेलिना राईले आवाज दिएका छन्। राम अविरल विष्टका शब्द, राजन तिमिल्सिनाको संगीत सिर्जना रहेको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ।

फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको गीतले प्रेममा चोट पाउनेहरुमा वेदनालाई नजिकबाट केलाएको छ।

भिडियोमा वैंशालु उमेरमा प्रेममा परेका तर परिस्थितिले प्रेमीप्रेमीका एक हुन नसकेको असफल प्रेम कहानीलाई देखाउन खोजिएको छ। गीतमा अभिनेत्री पोखरेलले दुःखान्त परिवेशको अभिनय गरेकी छन्।

भिडियाे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *