विदेशमा विच्चलीमा परेका नेपाली श्रमिकका समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ: श्रममन्त्री

डिसी नेपाल
९ भदौ २०७७ १८:२७

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विदेशमा विच्चलीमा परेका नेपालीहरुका समस्या सम्बोधन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार सुरक्षित आप्रावाशनको लागि राष्ट्रिय सञ्जालले वैदेशिक रोजगारीमा रहेका श्रमिकका समस्या तथा समाधानका लागि आयोजना गरेको एक भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले विषम परिस्थितिमा समस्यामा परेका नेपाली श्रमिकको समस्या समाधानका लागि सरकार निरन्तर लागिरहेको बताए। कार्यक्रममा विभिन्न सरकारवालाहरुको सहभागीता थियो।

कोरोना महामारीका कारण विदेशमा हजाराैँ नेपाली श्रमिकहरु रोजगारी गुमाएपछि बिचल्लीमा परेका छन्। यसरी विचल्लीमा परेकाहरुको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषको रकमबाट उद्धार गरिने सरकारले जनाएको छ। तर, हालसम्म यसरी कल्याणकारी कोषको रकमबाट हुने उद्धार भने शुरु भइसकेको छैन। सरकारले पाँचौ चरणको उद्धार उडान मंगलबारदेखि नै शुरु गरेको छ।

कार्यक्रममा मन्त्री यादवले विदेशबाट फर्केकाहरुलाई नेपालमा रोजगारी दिनका लागि पनि सरकारले कार्यक्रम ल्याएको बताए। उनले विदेशमा रोजगारी गुमाएकाहरुलाई नेपालमै रोजगारी दिलाउनु सरकारको कर्तव्य भएको बताए।

कार्यक्रममा वैदेशिक रोजगारीलाई कसरी सुरक्षित र मर्यादित गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको श्रम मन्त्रालयका सहसचिव भरत मनि पाण्डेले डिसी नेपाललाई जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *