नुवाकोटका पाँच स्थानीय तहमा ७ दिनका लागि निषेधाज्ञा

डिसी नेपाल
९ भदौ २०७७ २१:१८

नुवाकोट। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका संक्रमितहरु दिनहुँ बढिरहेका कारण नुवाकोटका पाँच स्थानीय तहहरुमा थप सात दिन निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को मंगलबार बसेको बैठकले बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८, १२ र १३ का सम्पूर्ण क्षेत्रमा मंगलबार मध्यराती १२ बजेदेखि थप सात दिन निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

यस्तै, लिखु गाउँपालिकाको वडा नं ४, ५ र ६ का सम्पूर्ण क्षेत्र, तादी गाउँपालिकाको वडा नं ३ र ५ का सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र, ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र र तारकेश्वर गाउँपालिकाको वडा नं २, ४ र ५ का सम्पूर्ण क्षेत्रमा आज मध्यराति १२ बजेदेखि थप सात दिन निषेधाज्ञा लगाइएको छ।

यसअघि गत भदौ २ गतेदेखि ९ गतेसम्म जारी निषेधाज्ञाको अवधि मंगलबार रातीबाट सकिदैं छ। उनका अनुसार निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक सवै कामकारवाहीमा रोक लगाइएको छ ।

भदौ २ गतेदेखि विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, लिखु गाउँपालिका, तारकेश्वर गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र तादी गाउँपालिकामा संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिंङबाट दुईसय ७४ जना र जोखिमयुक्त व्यक्ति, समुहहरु समेत गरी छ सय ३९ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षण गरिएको छ । जसमा एकसय ६३ जनाको नतिजा आउन बाँकी रहेको छ ।

हालसम्म नुवाकोटका ७८ जना नागरिकहरु संक्रमित भएका छन् । जसमध्ये ६६ जना निको भई घर फर्केका छन् भने र १२ जना आइसोलेशनमा उपचारत रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *