कोभिड महामारी रोकथामको प्रयाससँगै सहरी पूर्वाधार र सौन्दर्य बढाउने काम गर्दै महानगर

डिसी नेपाल
१० भदौ २०७७ १८:११

काठमाडौं। कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका समयमा काठमाडौं महानगरले स्वास्थ्य मापदण्ड पालना गराएर नियमित गराउन सकिने कामलाई निरन्तरता दिएको छ। ‘अहिलेको प्रथामिक काम महामारीको फैलावट रोक्नु हो। यो समय व्यवस्थापन गर्न अत्यावश्यक सेवा नियमित गरेका छौं।’, महानगरका सहसचिव राजेश्वर ज्ञवाली भन्छन्, ‘यसका अतिरिक्त स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराएर गर्न नियमित गर्न सकिने पूर्वाधार र सहरी सुन्दरताका कामलाई पनि निरन्तरता दिएका छौं।’

‘सरसफाइ महानगरको पहिलो काम हो। यससँगै जमल, तीनधारा पाठशालाअघि ट्राफिक आइल्याण्ड निर्माण र पुननिर्माण गर्ने बिरुवा तथा फुल रोप्ने काम भइरहेका छन्। सुन्धारा, भोटाहिटी र दरमार्गका आइल्याण्ड निर्माण भइसकेका छन्। यससँगै झिलीमिली काठमाडौं बनाउने अभियानअन्तर्गत दरबारमार्ग बिकास समितिसँगको सहकार्यमा दरबारमार्गमा रात्रीकालीन पाइप लाइट जडान गरिएको छ।’ सहसचिव ज्ञवाली भन्छन्, ‘वडा १८ को भुरुङ्खेल पार्क र पुष्पलाल पार्कमा पनि बत्ती जडान गरिएको छ। परीक्षणका लागि यस अघि माइतीघर मण्डलामा बत्ती जडान गरिएको थियो। यसबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कार्यक्रमलाई बिस्तार गर्दै लगेका हौं।’

उनले अगाडि थपे, ‘कोभिडको असर कम गर्दै जनजीवनलाई सामान्य बनाउन सहरी पूर्वाधार र सौन्दर्य बिकास गर्दै जानु पर्छ। सहरलाई सुरक्षित, व्यवस्थित र रातमा पनि जागा गराउन सडक बत्तीको संयोजन जरुरी छ। व्यवसायिक सामाजिक उत्तरदायित्वसँग जोडेर अभियानलाई बिस्तार गर्दै लगिनेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *