झापामा स्थानीय वासिन्दा र सुरक्षाकर्मीबीच झडप, गोली चल्दा तीन जना घाइते

डिसी नेपाल
१० भदौ २०७७ २१:१४

काठमाडौं। झापास्थित झापा गाउँपालिकामा स्थानीय वासिन्दा र सुरक्षाकर्मीबीच झडप हुँदा तीन जना घाईते भएका छन्। भडपमा सशस्त्र प्रहरीले १० राउण्ड हवाई फायर गरेको झापा प्रहरीले जनाएको छ।

घाइते हुनेमा एक स्थानीय वासिन्दा र दुई जना सुरक्षाकर्मी रहेका छन्। स्थानीय वासिन्दाको अवस्था चिन्ताजनक भएकाले विएमसी अस्पतालमा उपचार भैरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

झापा गाउँपालिका ३ कामाटोलीमा गोरु जस्तो देखिने चौपायाको मासु काट्ने २ जना व्यक्तिलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई विर्तामोड ल्याउने क्रममा साँझ साढे ६ बजे कामाटोलीमा २५० जनाले आक्रमण गरी प्रहरी निरीक्षक र सशस्त्र प्रहरीका १ जनालाई घाईते बनाएको प्रहरीले जनाएको छ। सशस्त्रको गाडी समेत तोडफोड गरेपछि सशस्त्रले एसएलआरबाट १० राउण्ड हवाई फायर गरेको जनाइएको छ।

झापा प्रहरीका एकजना अधिकारीले डिसीनेपालसँगकाे फाेनमा साे विषयामा विवरणा संकलन गर्ने कार्य भइरहेकाे जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *