प्रदेश नं १मा २४ घण्टामा ९० कोरोना सङ्क्रमित थप

डिसी नेपाल
११ भदौ २०७७ २२:३६

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ९० कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा ३४ महिला र ५६ पुरुष छन् ।

कोरोना सङ्क्रमित थपिनेमा मोरङका ४६, सुनसरीका ३८, सङ्खुवासभाका चार तथा इलाम र प्रदेश बाहिरका एकएक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टाका अवधिमा विराटनगरमा ३८ कोरोना सङ्क्रमित थपिएका छन् । तिनमा २० महिला र १८ पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा कटहरीका तीन महिला र चार पुरुष तथा सुन्दरहरैँचाका एक पुरुष छन् ।

प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३० पुगेको तथा पछिल्लो २४ घण्टामा ८१ जना निको भएर घर फर्केका छन् । हालसम्म प्रदेशमा कोरोनाबाट मुक्त हुनेको सङ्ख्या एक हजार ४९६ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा एक हजार ७७३ जनाको पिसिआर परीक्षण भई हालसम्म ८३ हजार ८७५ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *