झापाका वृद्धको कोभिडबाट मृत्यु

डिसी नेपाल
१२ भदौ २०७७ १०:१५

झापा । जिल्लाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताइन्।

झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उनी नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल गएका थिए। त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनीकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो । हाल उनीकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत छन्।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *