धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

डिसी नेपाल
१२ भदौ २०७७ १२:२४

सुनसरी। धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान दुई जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मोरङ बेलबारी नगरपालिका वडा नं. ५ की ५६ वर्षीया महिला र झापा दमक नगरपालिका वडा नं. ३ का ८३ वर्षीया पुरुषको मृत्यु भएको हाे

अत्यधिक खोकी, स्वास प्रश्वासमा समस्या देखिएका उनीहरुमध्ये बेलबारीकी महिलालाई भदाै ९ गते कोरोना पोजेटिभ पाइएको थियो भने झापा दमकका पुरुषलाई भाद्र ३ गते कोरोना पोजेटिभ पाइएको थियो । उनीहरुको मृत्यु आज बिहान करिब ३ बजे भएको हो। उनीहरुको शव व्यवस्थापन गर्ने कार्य भइरहेकाे बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *