धादिङको थाक्रेमा पाँच जनामा काेराेना संक्रमण

डिसी नेपाल
१२ भदौ २०७७ १४:४३

धादिङ। धादिङको थाक्रे गाउँपालिकामा रहेको बैंक तथा बित्तीय संस्थामा कार्यरत ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

थाक्रे गाउँपालिका वडा नम्वर छ महादेववेशीमा रहेको एनआइसी एसिया वैकंमा कार्यरत २ जना, लक्ष्मि लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत १ जना कर्मचारी र थाक्रे गाँउपालिका वडा नम्वर २ सिम्लेमा कार्यलय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस क्षेत्रमा कोरोना सक्रंमण पुष्टि भएपछी त्यस क्षेत्र शिल गर्ने तयारी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *