नपुंसकहरुको राज्य (कथा)

महिला दिवसको सन्दर्भ पारेर दारा मन्त्रालयमा छात्राहरुको एउटा ठूलो टोली पुग्यो र माग राख्यो। त्यसले समाचारको ठूलो क्षेत्र ढाक्यो, भाइरल भो।
दारा मन्त्रालयमा दारा नै मन्त्री हुनुपर्छ भन्ने प्रतिगामी दृश्य त्यहाँ थिएन। रंगशालाबाट सरासर आएकोहो कि जस्तो देखिने छात्रा खेलाडीको टोली खेल पोशाकमा नै थियो।

भलिबल, फुटबल, टेनिस, रकेट तिनका हातैमा थिए। चंचल, फूर्तिला, जाँगरिला, उत्साही देखिन्थे, आखिर जो छात्रा ठहरे।  उनीहरु मन्त्रीको कक्षमा पसे। यो पहिलो घटना थियोः—कम्युनिस्टिक चिन्तनको पर्खाल भित्र डेमोक्रेटिक संहिताको उल्लंघन। अन्यथा व्यापारी, विचौलिया तस्कर र तरुणी बाहेक अरुलाई त्यसरी प्रवेश गर्ने आँट हुदैँनथ्यो। समय–संकेत अनिवार्य जस्तै हुन्थ्यो।

निर्लिङ्गी मन्त्री हुनु स्वागत योग्य कुरा थियो। लिङ्ग नछुट्टिने, जड सानु वा भ्रमकर जीवलाई पुलिङ्ग जस्तै ठान्ने भाषिक संस्कारको सीमा बुझे जस्तो गरेर उनीहरु मन्त्रीको कार्यकक्षमा पसे र केही बैठक कक्षमा फैलिए। चुम्मा चाटी गर्दै गरेका युवा जोडी बैठक कक्षबाट लुगा सह्यार्दै निस्किए। फोटो कसैले लिएन किन भने राज्य शक्तिले सजिलै असत्य सिद्ध गरि दिन्थ्यो। फोन क्यामेरा ब्युँझेन।

जसरी हुन्छ परिवार भाड्नु छ, फेरि गाउँ, समाज र सिंगो देश भाँडिन्छ। यदि १२ पास गरेका छन् भने तिनलाई पनि पढ्ने सुविधा दिने व्यवस्था मिलाएर हामी यतै अल्झाउँछौं। हाम्रो सेनामा कमी आउनु पनि भएन र कोठी पनि खाली हुनु हुँदैन।

छात्राहरुको टोली त्यसरी अकस्मात पसेकोमा मन्त्रीले टिप्पणी गर्न खोज्यो र आफैलाई सम्झायो। ऊ जान्दथ्यो विद्यार्थी भनेको अन्तर्राष्ट्रिय शक्ति हो, यसलाई रोक्न र पन्साउन हम्मे हम्मे पर्छ। विवेकको प्रयोग नगरे वित्यास पार्छ। त्यसैले ऊ छात्राहरुसँग संवाद गर्न तत्पर भयो। भन्योः तपाईँहरु कोको हुनुहुन्छ? कति जना?
‘विधानले औंल्याएका प्रत्येक समूहबाट प्रतिनिधित्व गरेका छौं।’

मन्त्रीले आदरसाथ भन्योः मैले बुझिन। स्पष्ट पार्नुहोला कि?’

‘हामी सबै छात्रा हौं। यति नै पर्याप्त होला हाम्रो परिचय। थप परिचय दिँदा फरक फरक कुर्सी र ठाउँ चाहिने होला। फेरि चियापानको आफर आयो भने अझ जटिलता बढ्ला। आखिर संविधानको अवज्ञा जो गर्नु भएन। यति नै ठानिदिए पुग्छ। खस आर्यदेखि सीमान्कृतसम्मका छौं। र, ती पनि छौं जो आर्य हुँदाहुँदै पनि गैरआर्य कित्तामा पारिएका छौं, होच्याएर। कुरा स्पष्ट भयो होला कि अब? त्यसैले उद्देश्यतर्फ लागौँ, संविधानको अपमान हुने र आफैंलाई झर्को लाग्ने कुरा यही छोडौं कि? सीधै विषय वस्तुमा केन्द्रित किन नहुने?’

‘ठीक भन्नुभो। तपाईँहरु आफ्ना कुरा भन्नुहोस्।’

हामीले कुमार केटा पाएनौं, विहे गर्न कठिन भो हामीलाई!’

‘हामी के गर्न सक्छौं? अर्थात् राज्यकातर्फबाट कस्तो सहयोग पुर्याउन सकिन्छ?’ अनि गम्भीर ढंगले सोचेको अभिनयमा उसले निदार खुम्च्यायो। अनि सोध्योः विकल्प कुनै छैन?’

‘छन नि! बहुविवाहको ढोका खोली दिनुहोस्, त्यो नभए हाम्रा सन्तानको बाबु वा अभिभावक–संरक्षक दिनुहोस्। त्यो नभए हामीलाई रोजगार दिनुहोस्, हामी कुनै न कुनै व्यवसाय गरेर बाच्न चाहन्छौं। ऋण र तालिम दिनुहोस्। राज्यले गर्दा नहुने के छ? कृषिभूमि र बजारको व्यवस्था मिलाइ दिनुहोस्।’

अर्की छात्राले थपिन्ः सत्तामा पुग्नेलाई केवल धनराशी नै जम्मा गर्नुछ भने हामी बच्चा पाई दिन्छौं, हामीलाई बच्चा उत्पादन गर्ने मेशीन ठानौं। हुर्किएपछि आँखा र कीड्नी बेचाैं, रगत बेचौं, काम सकिएपछि कि श्रमिक भनेर निकालौं कि कोठीमा पुर्याउने निरन्तरता थामौं। राज्यले अरु के गर्नसक्छ र?

हो नि पर्दाभित्र चाहिँ जोसँग पनि खेल्ने, जे पनि गर्ने अनि विधिसम्मत गर भन्दा चाहिँ अड्चन देखाउने?’

‘ओह! आततायीले कोपिलादेखि फक्रन लागेका फूल निमोठेर नारी तत्वको सक्दो उपेक्षा वा दुरुपयोग गरेको तथ्यांक यिनले जम्मा गरे जस्तो छ। कुनै उपायले छुटकारा लिनै पर्ला अहिले,’ मन्त्रीले मनमनै गुन्यो र फेरि प्रकटमा भन्योः तपाईँहरुको प्रस्ताव युगानुकुल छ। म यो संसदमा लिएर जान्छु। ‘दारा सहयोगीपीठ’मा पेश हुन्छ। सकरात्मक निष्कर्ष आउला भन्ने आशा गरौँ। मलाइ केही समय दिनुहोस्, म सक्तो छिटो किनारा लाउने प्रयत्न गर्नेछु।

संसदको दारा सहयोग पीठमायसबारे विशद् मीमांसा हुनु थियो, भयो। उज्ज्वल भविष्यको कामना गरेर अब मात्र हस्ताक्षरको काम शेष थियो। तर अकस्मात द्विविधा भो, तिनले हस्ताक्षर गर्न बिर्सेर शर्तनामामा आफू चुकिसकेको कुरा सम्झे। संझदै गएः नौजवान र नवयुवतीलाई कुनै पनि योजना जन्माएर अथवा वहाना बनाएर यता पठाउने प्रतिज्ञा गर।

अर्काले पनि सम्झ्योः भएजति उद्योग धन्दा बेच्ने, जवानलाई श्रम साट्न विदेश पठाउने, तरुणीलाई बरालिन दिने, बाबु नचिनिने सन्तान बढाउने, खेतीयोग्य जमीन प्लटिङ गरेर बाँझो राख्ने, सकेसम्म सडक बालक तयार गर्ने र पछि तिनैलाई आफ्नो दलको गुण्डा, गुटको हुक्के बनाउने, शर्त यस्तै खाले हुन्।

अर्काले आदेश सम्झ्योः तरुण शक्ति नभएको देश कतिञ्जेल टिक्छ? युवा शक्ति नभएको मुलुक बलियो हुन्छ र? बस तरुणी यता पठाउने योजना जन्माऊ, मौका पर्यो कि चौका हान। धेरै दरबन्दी खाली छन् महलमा र कोठीमा। तिमी नै भन न तन्नेरी नभएपछि तरुणी के गर्छन ? त्यसैले युवालाई यस्तो ठाउँमा पठाऊ उसले चाहेको बेला फर्कन नपाओस्।

बहुविवाहको ढोका खोली दिनुहोस्, त्यो नभए हाम्रा सन्तानको बाबु वा अभिभावक–संरक्षक दिनुहोस्। त्यो नभए हामीलाई रोजगार दिनुहोस्, हामी कुनै न कुनै व्यवसाय गरेर बाच्न चाहन्छौं। ऋण र तालिम दिनुहोस्। राज्यले गर्दा नहुने के छ? कृषिभूमि र बजारको व्यवस्था मिलाइ दिनुहोस्।’

जसरी हुन्छ परिवार भाड्नु छ, फेरि गाउँ, समाज र सिंगो देश भाँडिन्छ। यदि १२ पास गरेका छन् भने तिनलाई पनि पढ्ने सुविधा दिने व्यवस्था मिलाएर हामी यतै अल्झाउँछौं। हाम्रो सेनामा कमी आउनु पनि भएन र कोठी पनि खाली हुनु हुँदैन। द्रव्यको चिन्ता नगर।’

‘यो पनि सम्झ तिम्रो भत्ता र प्रतिष्ठानमा कमी आउने छैन। तिमीलाई चुनाव जिताउने र सत्तामा पुर्याउने शक्ति हामी नै हो। तिम्रो राजनीतिक अभ्यास मेरा लागि नै पोषक भएको हुनुपर्छ। तिम्रो गाविसको सदस्यदेखि नै हाम्रो नजर रहन्छ। हाम्रो नेटवर्क तिम्रालागि उपयोगी नै हुनेछ। भनाइमा पूजन र त्राटन दुवै थियो।

बैठकमा जति सहभागी थिए तिनमा आधा भन्दाबढी सदस्यले बहुविवाहको लागि ढोका खोल्ने प्रस्ताव गरे। बहुपति पात्रको औचित्यबारे सहयोग पुर्याउने सकारात्मक धारणा राखे। छोरीहरु देश भित्रै हुन्छन्, दाम्पत्य जीवनमा प्रवेश गर्छन्, सौता माथि थपिन गएपनि सुरक्षित हुन्छन् र भिन्नै घरमा बसेर गृहस्थी चलाउँछन् भन्ने उनीहरुको सोच बन्यो र बैठक टुंगियो।

दुई दिनपछिको बैठकमा राष्ट्रको योजना र नीति पूरै बदलिएछ, यो सामान्य कुरा थिएन। त्यस्तै बैठकको विषय र निर्णयको चुहावट कसरी भयो? को चोर्छ नीति र योजना? को बेच्छ गोप्यता? सर्पको खुट्टा अब सर्पले देख्दैन? शंकामात्र जन्म्यो।

अर्को शैलीबाट शिक्षित र वयस्क जनशक्ति बिना पासपोर्ट बाहिरिने क्रम रोकिएन। संसद/जनप्रतिनिधि नै यस्तो खेलका कुशल खेलाडी थिए।  अर्को साता छात्राहरुको त्यही टोली प्रगति बुझ्न मन्त्रालय भित्र पस्नासाथ दर्ता चलानी फाँटमा कसैले एउटा बन्द चिठी दियो। छात्राहरुले खोलेर हेरेः नेता आफैं सूचना बेच्छ र प्रगति रोक्छ। सावधान!’ तपाईँहरु माथि धोका हुँदैछ।

तपाईँहरुलाई पढाइ र तालिमका लागि होइन बेच्न, गृह दासी बनाउन र कोठीमा पुर्याउन खोज्दै छन्। विचार गरेर मात्र निर्णय लिनु होला। पर्वतीय क्षेत्रका कयौं दिदी–बैनीले कोठी भरिएका छन्। यहाँबाट जनसंख्या घटाउन र पुरुष शक्ति हटाउने योजना राज्य सत्ताकै हो जो उतैको इसारामा चल्ने गर्छ। तपाईँहरु पनि यस्तै योजना भित्र फस्दै हुनुहुन्छ। सावधान!’ छात्राहरु यो सावधानपत्र पढिसकेर मन्त्रीलाई नभेटी त्यहीँबाट फर्किए र एउटै वाक्यमा टिप्पणी गरे—नपुंसकहरुको राज्य।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो