सभापतिका आकांक्षी पौडेलले सार्वजनिक गरे १० एजेण्डा

डिसी नेपाल
१३ भदौ २०७७ १८:३८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरुलाई महाधिवेशन लागि सकेको छ। भावी नेतृत्वका लागि नेताहरुले आफ्नो अभियान शुरु गरिसकेका छन्। पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, उपसभापति विमलेन्द्र निधी तथा केन्द्रीय सदस्यहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापति बन्ने आकांक्षा देखाएका छन्।

काँग्रेसको आगामि महाधिवेशन नेतृत्व चयनका लागि कर्मकाण्डीमात्र हुनुनहुने भन्दै विचार र नीतिको पनि बहस हुनुपर्ने आवाज उठिरहेको छ। नेताहरुले आ आफ्ना विचार कार्यकर्तासम्म लग्नुपर्ने र विचार तथा नीतिका आधारमा नेतृत्व चयन हुनुपर्ने काँग्रेस वृत्तमा बहस शुरु भएको छ।

यहीबीच्मा सभापतिका आकांक्षी वरिष्ठ नेता पौडेलले शनिबार सामाजिक सञ्जालमार्फत आफ्ना एजेण्डा सार्वजनिक गरेका छन्। पौडेलले आफ्ना एजेण्डा सार्वजनिक गरेर काँग्रेसमा एजेण्डाको बहस शुरु गरेका छन्।

पौडेलका १० एजेण्डा

१ नेपालको वर्तमान संविधान लागु गर्ने ।

२ नेपाली कांग्रेसको विधान पालना गर्ने गराउने ।

३ नेपालको उन्नतिको बाटो देखाउने।

४ नेपालमा सुशासन लागु गराउने।

५ नेपालको असंलग्नता र तटस्थतालाई बचाउने।

६ नेपाली कांग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने ।

७ कम्युनिस्ट भ्रम र शब्दजालबाट नेपाली जनतालाई मुक्त गराउने ।

८ नेपाली जनतामा देशभक्तिको भावना जगाउने ।

९ नेपाली संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने ।

१० नेपाली कांग्रेस विचार शून्य र दिशा बिहिन छैन भन्ने सावित गराउने ।

https://www.facebook.com/RCPaudelNepal/posts/3551135411584531

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *