पौडेलले सामाजिक सञ्जालबाट हटाए आफ्ना एजेण्डा

डिसी नेपाल
१३ भदौ २०७७ १९:४६

काठमाडौं। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार साँझ करिब ६ बजेतिर सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा सार्वजनिक गरेको एक पोस्ट डिलिट गरेका छन्। पार्टीको नेतृत्व लिन प्रयासरत पौडेलले पार्टीको आगामी १४ औं महाधिवेशनमा आफूले छलफलका लागि शनिबार १० वटा एजेण्डा सार्वजनिक गरेका थिए। तर, सो एजेण्डाकाको पोस्ट सामाजिक सञ्जालबाट डिलिट गरियो।

किन डिलिट गरियो भन्ने प्रश्नमा नेता पौडेलले डिसी नेपालसँग भने, ‘अलि हतारमा पोस्ट गरिए छ। केही कुरा परिमार्जन गर्नुपर्ने भएकाले अहिले हटाइएको हो। फेरि अर्को पोस्ट हुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *