आफ्नै आमासँग यौनमा लिप्त भएका बेला श्रीमतीले भेट्टाइन्, समातिएपछि भने – ‘आफैं भयो’

डिसी नेपाल
१४ भदौ २०७७ १२:३५

काठमाडौं। आफैंलाई जन्माउने आमासँग यौनमा लिप्त भएका बेला आफ्ना श्रीमानलाई रंगेहात पक्राउ गर्ने श्रीमतीले आफ्ना श्रीमान र सासूबीच अनैतिक सम्बन्ध रहेको पहिलेदेखि नै शंका लागेको बताएकी छिन् । लोरी लाभोइ नामकी ती महिला म्यासाचुसेट्सको फिचबर्गस्थित आफ्नो घर जाँदा आफ्नी सासू ६३ वर्षकी चेरिल लाभोइ र आफ्ना श्रीमानलाई यौनमा लिप्त अवस्थामा नग्न फेला पारेकी थिएन् ।

न्यूज डटकम डटएयुका अनुसार पक्राउ परेपछि पुलिससँग सोधपुछको क्रममा टोनी लाभोइ जुनियरले उनीहरुबीच यौनक्रिडा ‘आफैं भएको’ बताएका थिए । भिडियो गेम खेल्दै गर्दा एक अर्काको कपडा फुकाल्न लागेपछि यस्तो भएको र यसप्रकारको घटना पहिले कहिल्यै नभएको उनले दावी गरेका थिए । तर, लोरी लाभोइले भने घटनास्थल पुगेका पुलिस अधिकारीसँग आफूले ती दुईबीच यसप्रकारको सम्बन्ध भएको पहिलेदेखि नै शंका गरिरहेको बताएकी छिन् ।

लोरीले आफू अब टोनीसँग छुट्टिएको यद्यपि एउटै घरमा बस्दै आएको बताउँदै चेरिललाई त्यो घरबाट हटाउन चाहेको बताएकी छिन् । पुलिसलाई दिएको एक लिखित बयानमा लोरीले आफूले पहिले पनि आमाछोराबीच यसप्रकारको घटना थाहा पाएको यद्यपि त्यसको प्रमाण आफूसँग नभएको बताएकी छिन् । यो घटना मे १९ को भए पनि अदालतमा भने अक्टोबर २० मा मात्र पेश भएको थियो । यदि यी आमाछोरा दोषी ठहर भए भने २० वर्षको लागि जेल सजाय हुन सक्छ । आमाछोरालाई यौनमा लिप्त पाएपछि लोरीले दिएको सूचनाको आधारमा पुलिस अधिकारी मार्क केड्डीलाई घटनास्थलमा पठाइएको थियो । घटनास्थल बोस्टनबाट १०० किलोमिटर उत्तरपश्चिममा पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *