धान रोगले गाँजेपछि मोरङका किसानलाई अर्को संकट, महामारीसँगै भोकमरी लाग्ला भन्ने चिन्ता

धनकुमार कार्की
१४ भदौ २०७७ १४:४१

मोरङ। धानबालीमा विभिन्न रोगको प्रकोप पनि देखिएपछि दक्षीणपूर्वी मोरङका किसानहरु चिन्तित बनेका छन्। धानको पातमा धब्बा बस्ने, गुवो मर्ने, डढुवा र खैरो रोगको समस्या देखिएपछि किसानहरु चिन्तित बनेका हुन्।

युरीया मलसमेत हाल्न नपाएर संकट खेपिरहेका किसानलाई रोगले अर्को संकट पैदा गराएको छ। रंगेली नगरपालिका १ का कृषक सङेगा्रम हास्दाले आफ्नो तीन बिगाहा खेतमा लगाएको धानमा युरिया मल हाल्न पाएनन्।

सहकारीको गोदाममा पुगे। सहकारीमा पनि मल पाइएन। रित्तो हात फर्किनुपर्यो। अन्ततः उनले भारतबाट चोरी निकासीबाट आएको एक बोरा युरीयाले जम्मै खेतलाई पुर्याए। जिल्लाभरि मल अभाव भएपछि उनी मात्र होइन, मोरङका अधिकाशं कृषकले कालोबजारीकै मल प्रयोग गरेका छन्।

भारतबाट चारी निकासी भित्रिएको मललाई चर्को मूल्य हालेर भए पनि किसानहरुले एउटा संकट टारेका थिए। तर प्रतिकुल मौसम र कमसल मलका कारण धानलाई रोगले गाँजेको छ। धानमा रोग देखा परेपछि विषादी छर्कँदासमेत विषादीले काम नगरेको हास्दाले बताए।

कोरोना महामारीका कारण परिवारका सदस्य सबैजना भेला भएका र अनुकुल मौसमका कारण समयमै धान रोप्न पाएपछि हर्षीत बनेका किसानहरु धान उत्पादन बढ्नेमा ढुक्क बनेका थिए।

कोरोना महामारीले पारेको प्रभावका कारण कृषि क्षेत्र पनि अस्तब्यस्त भएका बेला प्रकृतिले पनि साथ नदिएपछि रोगभन्दा भोगको चिन्ताले सताएको स्थानीय कृषक कमल कार्कीले गुनासो गरे।

निषेधआज्ञाले गर्दा विषादी किन्न बजार जान सक्ने अवस्था पनि छैन, धानको गुवो कुहिएर खेत बाँझै भइसक्यो,’ उनले भने, ‘कुन बिषादी प्रयोग गर्नुपर्ने पनि थाहा छैन ,किसानको समस्या कसले सुनिदिने।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *