राहत, उद्धार र पुनः स्थापनाका लागि परिचालित हुन नेकपाको निर्देशन
फाइल तस्वीर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाढीपहिराका कारण समस्यामा परेका नागरिकको राहत, उद्धार र पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले बुधबार बाग्लुङको ढोरपाटनमा गएको पहिरामा परी जनधनको क्षति भएकामा दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनः स्थापनाका लागि पार्टीका नेता तथा कार्यकर्तालाई परिचालित हुन निर्देशन दिएको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने “बाग्लुडको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति सचिवालय बैठकले दुःख प्रकटका साथ मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सरकारलाई राहत, उद्धारका लागि तीव्रताका साथ लाग्न आग्रह गरेको छ । यस्तै पार्टीका सबै कमिटीलाई उद्धार र राहतको काममा लाग्न निर्देशित गरेको छ ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment