पिज्जा पसलमा काम गर्न आएका युवक टिप्सको भाँडो नै बोकेर फरार

डिसी नेपाल
१९ भदौ २०७७ ९:३२

काठमाडौं। अमेरिकाको पेन्सलभेनियामा निकै रोचक घटना भएको छ । यहाँको एक पिज्जा पसलमा जागरको लागि आवेदन दिन गएका एक युवकले पसलमा राखिएको टिप्स जम्मा गर्ने भाँडो बोकेर फरकर भएका छन् । घटना पूर्वी पेन्सलभेनियाको भएको सीबीएसले जनाएको छ ।

पेन्सलभेनियाको उत्तरी क्याटासोक्वामा पिज्जा डिओरो नामको उक पिज्जा पसलका अधिकारीले बताएअनुसार मार्क नामका युवक २६ अगष्टमा जागिरको लागि आवेदन दिन पसलमा आएका थिए । तर, उनले जागिरको लागि आवेदन दिएपछि काउन्टरबाट टिप्स जार बोकेर भागे । एक कर्मचारीले उनको पिछा पनि गरेका थिए तर ती युवकले चक्कु निकालेपछि कर्मचारी डराए र पिछा गर्न छाडिदिए ।

ती युवक टिप्स जार लिएर पार्किङ स्थलको छेउमै रहेको जंगलतिर भागे । अधिकारीहरुका अनुसार त्यो टिप जारमा २२० डलर थियो । अधिकारहिरुका अनुसार उनले जागिरको लागि आवेदन दिएका कारण उनीहरुसँग युवकको नाम र फोन नम्बर पनि थियो । यही आधारमा पुलिसले उनलाई पक्राउ गर्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *