बौद्धमा फुड ब्याङ्क सुरु, हुनेले दिने, नहुनेले लिएर जाने
काठमाडौं। काठमाडौंको बौद्धमा फुड ब्याङ्क सुरु भएको छ। ‘हुनेले दिने, नहुनेले लिएर जाने’ कन्सेप्टमा देशका विभिन्न स्थानमा सुरु भएको फुड ब्याङ्कलाई बौद्धमा लायन्स क्लब अफ नेपाल शेर्पाज, माउन्टेन शेर्पा फाउण्डेसन र हिमालयन शेर्पा कल्चर सेन्टरले संयुक्तरुपमा सुरु गरेका हुन्।
बिहीबार पहिलो दिन करिब ५० जनालाई चामल, तेल, चिउरा, पिठो लगायतका अत्याश्यक ७ किशिमका खाद्यान्न प्रदान गरिएको लायन्स क्लब अफ नेपाल शेर्पाजकी अध्यक्ष पासाङ (छिल्हामू) शेर्पाले बताइन्। पहिलो दिन अपेक्षा गरेभन्दा बढि सर्वसाधारण जम्मा भएको माउन्टेन शेर्पा फाउण्डेसनका अध्यक्ष पासाङ शेर्पाले बताए।
पहिलो दिन सोचेभन्दा बढी मानिस आएकाले दोस्रो दिनदेखि आफूहरुले प्रदान गर्ने खाद्यान्नको प्याकेज बृद्धि गरिने शेर्पाको भनाइ छ।
कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागी दोस्रो पटक गरिएको निषेधाज्ञाले श्रमिक वर्ग थप मारमा परेको र दैनिकी गुजार्न समेत समस्या भइरहेको जानकारी पाएपछि आफूहरुले सानै परिणाममा भएपनि सहयोग गर्ने उद्देश्यले फुड ब्यांक सुरु गरेको हिमालयन शेर्पा कल्चर सेन्टरका छिरिङ शेर्पाले उल्लेख गरे।
बौद्धको शेर्पा गुम्बा अगाडि राखिएको फुड ब्याङ्क ७ दिनसम्म राख्ने आयोजकको योजना रहेको छ। फुड ब्याङ्क सञ्चालनका लागी दर्जनभन्दा बढिले आर्थिक सहयोग गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment