झडपको घटनाप्रति दुःख व्यक्त

डिसी नेपाल
१९ भदौ २०७७ १३:४१

काठमाडाैं । नेपाली काँग्रेस संसदीय दलले बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयमा स्थानीयवासी र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गरेको छ। पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत परम्परागत रुपमा चल्दै आएका महत्वपूर्ण जात्रा सञ्चालनका लागि प्रशासन, जात्रा आयोजक, स्थानीय निकाय र सम्बन्धित सबै पक्षबीच आवश्यक समन्वयका अभावमा दुःखद् परिस्थिति सिर्जना भएको उल्लेख गरेका छन्।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायमका साथै उच्च सतर्कता अपनाई रातो मच्छिन्द्रनाथको रथ जात्रालाई निरन्तरता दिन सम्बन्धित सबै पक्षलाई वार्ता एवं संवादका माध्यमबाट सहमतिकै आधारमा निकास खोज्न काँग्रेस संसदीय दलले अपिल गरेको छ । साथै घटनामा घाइते भएका छन् सम्पूर्ण व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना विज्ञप्तिमा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *