एनआरएनए वरिष्ठ उपाध्यक्ष केसि कोरोना मुक्त

डिसी नेपाल
२२ भदौ २०७७ २२:२२

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष डा बद्री केसी कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्वव्यापी कोरोना संक्रमण भएपछि विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि सक्रिय केसीलाई तीनहप्ता पहिले पटक कोरोना पोजेटिभ देखिएको थियो ।
केसीले पहिलो टेष्टमा पोजेटिभ देखिएपछि होम आइसोलेशनमा बसेरै संघका गतिविधीमा अनलाइनबाटै सहभागिता जनाएका थिए ।

डा. केसीले आफूलाई तीन हप्ता पहिला कोरोना संक्रमण देखिएको र तेस्रो परिक्षणमा पूर्ण रुपमा कोरोना मुक्त भएको डिसी नेपालाई बताए ।

उनलाई कोरोना संक्रमण हुनुअघि जरो आउने घाँटी दुख्ने लगायतका लक्षण देखिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *