७२ हजार पर्ने मोवाइल चोरे तर चलाउन नजानेपछि मालिकलाई नै फिर्ता गरिदिए

डिसी नेपाल
२३ भदौ २०७७ ८:५७

काठमाडौं। कहिलेकाहीँ चोरीका घटनाहरु निकै रोचक हुन्छन् । चोरहरुको हाँसोउठ्दो क्रियाकलापका कारण यी चोरीका घटनाहरु ठूलै चर्चाको विषय बन्न पुग्छन् । यस्तै अर्को एउटा घटना सार्वजनिक भएको छ । घटना भारतको पश्चिम बंगालको हो ।

समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार ती चोरले ४५ हजार भारु (७२ हजार नेपाली रुपैयाँ) पर्ने मोवाइल फोन चोरी गरेका थिए । तर, ती चोरले त्यो स्मार्टफोन चलाउन नसकेपछि मालिकलाई नै फिर्ता गरिदिएका छन् । पश्चिम बंगालको बद्र्धमान जिल्लामा यस्तो रोचक घटना भएको हो ।

पुलिसका अनुसार ४ सेप्टेम्बरका दिन पूर्वी वद्र्धमान जिल्लाको जमालपुरस्थित एक मिठाइ पसलमा एक व्यक्तिले करिब ४५ हजार भारु मूल्य पर्ने मोवाइल फोन फोन झुक्किएर छाडेर गए । पसलको काउन्टरमा रहेको फोनलाई २२ वर्षका एक युवकले चोरेर लिएर गए । त्यसपछि फेनका मालिकले पुलिसमा उजुरी दर्ता गराए ।

तर, ती व्यक्ति त्यतिबेला आश्चर्यचकित रहे जब केही दिनपछि उनको फोन चोरले चलाउन नजानेर फिर्ता गरिदिए । फोनका मालिकले यही आइतबार आफ्नो फोनमा फोन गर्दा चोरले फोन उठाएर आफूले फोन कसरी चलाउने भन्ने नजानेकोले फोन फिर्ता गर्न चाहेको बताएका थिए । फोनका मालिकले आफैं गएर चोरको घरबाट फोन फिर्ता लिएका छन् । फोन फिर्ता लिने क्रममा पुलिस पनि उपस्थित थियो तर फोनका मालिकको आग्रहमा पुलिसले चोरविरुद्ध कुनै कारवाही गरेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *