तीन दिनमा १८ सय नेपाली रोजगारीका लागि भारत गए

डिसी नेपाल
२३ भदौ २०७७ २०:२८

काठमाडौं। कोरोना महामारीका कारण भारतमा लकडाउन शुरु गरिएपछि नेपाल फर्किएका नेपालीहरु नेपालमा रोजगारीको अवसर नपाएपछि फेरि भारततर्फ फर्किन थालेका छन्। विशेष गरी सुदुर पश्चिम प्रदेशबाट ठूलो संख्यामा नेपालीहरु भारततर्फ फर्किएका हुन्। जिल्ला प्रशासन कञ्चनपुरका अनुसार पछिल्लो तीनदिनमा १ हजार ७७० जना नेपाली भारततर्फ गएका छन्।

सुदूरपश्चिम प्रदेशको कैलालीमा पर्ने गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकीबाट दैनिक सयौंको संख्यामा नेपालीहरु महिला, बालबालिकासहित भारततर्फ गइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार मंगलबार गड्डाचौकी नाकाबाट महिला १९ र पुरुष ६१ र ७ जना बालबालिका गरी ८७ जना नेपाली नेपाल आएका छन्। यस्तै महिला १६,
पुरुष ६२ र बालबालिका १८ गरी ९६ जना नेपालीहरु भारततर्फ गएका छन्।

यस्तै कैलालीको गौरीफन्टा नाकाबाट महिला २०९, पुरुष ४३१ र बालबालिका १०५ जना गरी ७४५ जना नेपाली नेपाल आएका छन्। यस्तै सो नाकाबाट महिला १०४, पुरुष ४१६ र बालबालिका १११ जना गरी ‍‍ ६३१ जना भारततर्फ गएका छन्।

यस्तै सोमबार गड्डाचौकी नाकाबाट महिला ९, पुरुष ४४ र बालबालिका ६ जना गरी ५९ जना नेपाली नेपाल आएका छन्। यस्तै सो नाकाबाट महिला १५, पुरुष ३४ र बालबालिका १८ जना गरी ‍‍६७ जना भारततर्फ गएका छन्।

सोमबार गौरीफन्टा नाकाबाट महिला १५७, पुरुष ३४० र बालबालिका १०९ गरी ६०६ जना नेपाली नेपाल आएका छन्। सोही नाकाबाट सोमबार महिला ८५, पुरुष ३०७ र बालबालिका ३४ जना गरी ‍‍४२६ नेपाली भारततर्फ गएका छन्।

यस्तै आइतबार गड्डाचौकी नाकाबाट महिला २०, पुरुष ५२ र बालबालिका ९ जना गरी ८६ जना भारतबाट नेपालीहरु नेपाल आएका छन्। यस्तै सोही नाकाबाट सोमबार महिला १३, पुरुष ४५ र बालबालिका ९ जना गरी ६७ जना नेपालीहरु भारततर्फ गएका छन्।

गएको आइतबार गौरीफन्टा नाकाबाट महिला ५६, पुरुष १७३ र बालबालिका ३८ गरी २६७ जना नेपालीहरु नेपाल आएका छन्। सोही नाकाबाट आइतबार महिला ९३, पुरुष ३४७ र बालबालिका ४३ जना गरी ‍‍४८३ भारततर्फ गएका छन्।

देशमा कोरोना महामारीका कारण निषेधाज्ञा जारी हुनु र रोजगारीको अवसर नभएपछि नेपालीहरु परिवारसहित नै भारततर्फ जोखिम मोलेर गएका हुन्। भारतमा पनि कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ। भारतमा हाल दैनिक ९० हजारसम्म संक्रमणका नयाँ केस आउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *