काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो, तर यी काम गर्न पाइँदैन
काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पार्दै विहीबारबाट काठमाडौं उपत्यकामा जोर विजोर सवारी सञ्चालन गर्न पाइने भएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही सहजतासँगै निषेधाज्ञा पनि लब्म्याउने निर्णय गर्दै बिहीबारबाट नीजि सवारी साधान जोरविजोर, विहान बेलुका पसलहरु खोल्न पाउने गरी निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको हो।
सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । त्यस्तै, पसल व्यवसाय पनि विहान बेलुकी खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए। उनले यसबाहेक अन्य विषयमा पनि सहजता ल्याइएको बताए। स्वास्थ्य सुरक्षा अपनाएर दैनिकी चलाउनुपर्ने अवस्थालाई निर्णय गर्दा ख्याल गरिएको प्रशासकीय अधिकृत पाण्डेको भनाई छ।
तर मानिसहरुको भीडभाड हुने क्षेत्रहरु भने खुला गरिएको छैन।

No ads found for this position


डिसी नेपाल
Facebook Comment