कांग्रेसले उल्टो बाटोमा लगेको बीपीको समाजवाद

डिसी नेपाल
२४ भदौ २०७७ १७:२०

के नेपाली कांग्रेसले बीपीले देखाएको समाजवादको बाटो पच्छाएको छ ? कांग्रेसकै नेतामा दुईथरी तर्क छ। एकथरी भन्छ, पच्छाएको छ। अर्कोथरी भन्छ पच्छाएको छैन, विर्सिएको छ। सत्य के हो त ? कांग्रेसको भनाई र गराईमा नै फरक भएकोले सत्य उनीहरुले भने अनुसार पक्कै छैन। आम नागरिकको नजरमा, चेतनशील नागरिकको नजरमा नेपाली कांग्रेसले विपीले देखाएको समाजवादको बाटो भुलेको छ। या भनौ बीपीको बाटोभन्दा उल्टोबाटो लागेको छ। के हो त वास्तविकता ?

बीपी कोइरालालाई नेपालमा पटक पटक सम्झने गरिएको छ। भदौ २४ गते उनलाई सम्झनेहरुको लर्को नै लाग्छ। आमसञ्चार माध्यमहरुमा, अन्तर्वार्ता, वेभिनार, पुस्तक प्रकाशन, जर्नल प्रकाशन सबैतिर बीपीको गुनगानले भरिपूर्ण छ। यतिसम्म प्रशंसा गरिन्छ कि साच्चिकै उनी नभएको भए नेपालमा प्रजातन्त्र नै आउने थिएन। उनले नेपाल र नेपालीको लागि धेरै गरे। तर, के उनले भनेको समाजवादलाई नेपाली कांग्रेसले व्यवहारमा उतार्न कुनै प्रयास ग¥यो त ? उनी पछि उनकै परिवारबाट पटक पटक प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाले बीपीको सिद्धान्तलाई अंगिकार गरे त ? अहिले नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेताहरु वा यूवा पुस्ता कसैले बीपीको समाजवादलाई व्यवहारमा उतारेका छन् त ? अपवादमा एक दुई नेता र कार्यकर्ता बाहेक सबैले बीपीको सिद्धान्तलाई माथी चढ्ने सिढीमात्र बनाएका छन्। बीपीको सिद्धान्त कांग्रेसको विधान, प्रतिवेदन र केही नेताको बोलीमा मात्र सिमित छ। व्यवहारमा कहींकतै देखिदैन।

नेपाली कांग्रेसले बीपीको मृत्यु पछि राष्ट्रियतालाई धोती लगाइदिएको देखिन्छ। बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर भारतबाट नेपाल प्रवेश गरेका थिए। उनले भारतले नेपाली कांग्रेसलाई यूज गरिरहेको भन्ने चाल पाएर यस्तो कद्म चालेका थिए। बरु राजासंग मिल्छु, तर देश बचाउँछु भनेर उनी राष्ट्रिय मेलमिलापको नीति लिएर आए। राष्ट्रियताको मामलामा राजा र मेरो घाँटी जोडिएको छ भन्न पनि भ्यायका थिए। तर जब उनको मृत्यु भयो त्यसपछि नेपाली कांग्रेसको रिमोट भारतको हातमा गयो। भारतको तत्कालिन सरकार नेपालको राजालाई कमजोर पार्न चाहन्थे। यहाँको हिन्दूधर्मको संगठनलाई कमजोर पार्न चाहन्थे।

त्यसका लागि नेपालले हतियार किन्दा समेत भारतलाई नसोधी किन्न नपाइने भन्ने अंकुश लगाउन चाहन्थे। यहाँका राजा बीरेन्द्रले त्यो कुरा भित्री रुपमा मानेनन्। यसको रिस साध्न भारतले नकावन्दी गरेर नेपाली नागरिकलाई दुःख दियो। त्यो दुःखका बेला पनि नेपाली कांग्रेसले नेपालमा प्रजातन्त्र ल्याउने बहानामा भारतको सहयोग लिएर आन्दोलन गरेको थियो। भारतका नेता चन्द्र शेखर आएर खुल्लमखुल्ला आन्दोलनको पक्षमा बोले। भारतलाई नेपालमा आन्दोलन चाहिएको थियो। आफ्नो इशारामा चल्ने नेता नै यहाँको सत्तामा होस भन्ने चाहना थियो। त्यो भएर उनीहरुले नेपाली कांग्रेसलाई साथ थिए। समग्र आन्दोलनलाई साथ दिए। बहुदल आयो र जतिपनि प्रधानमंत्रीहरु भए सबै भारतको आर्शिवाद थाप्ने र उसकै आडभरोसमा सरकार संचालन गर्नेमा लागे। बीपीले भारतको स्वार्थका बारेमा भनेका कुरा सबै विर्सिए। अर्थात विपीको राष्ट्रियतालाई सत्ताको सौदावादीमा नेपाली कांग्रेसले खुइलाउँदै गयो।

समाजवादको सवालमा पनि नेपाली कांग्रेस धेरै पछाडी छ। वीपीको समाजवाद वीपीको समाजवाद भनेर सुगा रटाईमा मात्र कांंग्रेस सिमित छ। यसलाई अहिलेको परिवेश सुहाँदो मोडल बनाएर प्रचारमा ल्याउन सकेको छैन। उसले नयाँ मोडल बनाएपनि अब नागरिकले पत्याउने स्थिति नै छैन। २०४७ साल पछि पटक पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले धेरै सरकारको अधिनमा रहेको उद्योगहरु कमशिनको चक्करमा नीजि क्षेत्रलाई बेचेर बीपीको समाजवादीलाई एक चडकन हानेका छन्। चडकन हानेर पनि नभएपछि अमेरिका र यूरोप तिर पढेर अर्थशास्त्री भएकाहरुको डिजाइनमा कांग्रेस फस्यो र पूँजीवादको पोल्टामा गयो।

भारतले माओवादीलाई जोडतोडले सहयोग गरेर भारतमै सात दल र माओवादी बीच १२ बुँदे संझौता गराउनुमा पनि उसको स्वार्थ थियो। त्यो अहिले भारतीय केही बौद्धिक बर्गले पुस्तकमै लेखिसकेका छन्। राष्ट्रियता अहिले पनि खतरामा छ। बीपीले पाएको धोकाबाट सिक्नुपर्ने नेपाली कांग्रेसका नेता र अन्य पार्टीका नेताहरुले पनि भारतको सहयोग बिना सत्तामा पुग्न नै सकिदैन भन्ने सोचमा अघि बढे। जसले गर्दा अब धेरै ढीलो भइसकेको छ। नेपालको राष्ट्रियता खतरामा पुगेको छ। पछिल्लो समय धन्न प्रधानमंत्री केपी ओलीले बुझेरी भारतसंग घम्साघम्सी गर्दैछन्। सीमाको विवादमा अहिले पनि नेपाली कांग्रेसले पूर्ण राष्ट्रवादी भएको प्रमाणित गर्न सकेको छैन। आम नागरिकहरु कांग्रेसलाई शंकाको दृष्टिले हेरिरहेका छन्।

समाजवादको सवालमा पनि नेपाली कांग्रेस धेरै पछाडी छ। वीपीको समाजवाद वीपीको समाजवाद भनेर सुगा रटाईमा मात्र कांंग्रेस सिमित छ। यसलाई अहिलेको परिवेश सुहाँदो मोडल बनाएर प्रचारमा ल्याउन सकेको छैन। उसले नयाँ मोडल बनाएपनि अब नागरिकले पत्याउने स्थिति नै छैन। २०४७ साल पछि पटक पटक सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले धेरै सरकारको अधिनमा रहेको उद्योगहरु कमशिनको चक्करमा नीजि क्षेत्रलाई बेचेर बीपीको समाजवादीलाई एक चडकन हानेका छन्। चडकन हानेर पनि नभएपछि अमेरिका र यूरोप तिर पढेर अर्थशास्त्री भएकाहरुको डिजाइनमा कांग्रेस फस्यो र पूँजीवादको पोल्टामा गयो।

यसले बीपीको समाजवाद जुन सादगी जीवनसंग पनि थोर बहुत मेल खान्थ्यो, सबै छोडेर शिक्षा, स्वास्थ्यलाई नीजि क्षेत्रको हालीमुहाली गराए। यसले बीपीको समाजवादको ढाड नै भाँचियो। नेपाली कांग्रेसको विधान, दस्तावेजहरु र उनीहरुका समर्थकले लेखेका पुस्तक र लेखहरुमा कतै विपीको समाजवाद आक्कल भुक्कल भेटिए पनि व्यवहारमा कोही नेता र कार्यकर्ताको आचरणमा त्यो झल्किदैन। लाग्छ बीपीको समाजवादलाई उनीहरुले खुइलाइसकेका छन्। खुइलिएको बीपीको समाजवादको सिद्धान्तलाई पुर्नजीवन दिने काममा कांग्रेस लागेको महसुश पनि गर्न सकिदैन।

अहिले त बीपीको सिद्धान्तलाई कांग्रेस भित्र दुई धारबाट व्याख्या गरेर बीपीलाई विवादित बनाउने प्रयन्तमा छन्। नेपाली कांग्रेसका उपाध्यक्ष बिमलेन्द्र निधि एण्ड कम्पनीकाहरुले बीपीलाई गणतन्त्रवादी, धर्म निरपेक्षवादी थिए भनेर प्रमाणित गराउनमा जोडबल दिइरहेका छन् भने कोइराला परिवार भित्रका केही र हिन्दुधर्मका समर्थक नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु भने वीपी गणतन्त्रबादी भन्दा राष्ट्रवादी हुनुहुन्थ्यो। देश बचाउनका लागि राजालाई कुनै न कुनै अस्तित्वमा राख्नै पर्दछ। राजासंगै मिलेर राजनीति गर्नु पर्दछ, कम्यूनिष्टहरुसंग मिल्नु हुँदैन।

कम्यूनिष्टको सिद्धान्त बाह्यि सिद्धान्त हो त्यो नेपालको माटो सुहाउँदो छैन भन्ने देखाउन जोडबलले लागेका छन्। उनीहरुको तर्कमा बीपीले धर्म निरपेक्षताको कुरा मानेका होइनन्। बीपी धार्मिक स्वतन्त्रताको पक्षमा थिए भन्ने गरेका छन्। धर्म निरपेक्षता भनेको कुनै पनि धर्म नमान्नु हो भने धार्मिक स्वतन्त्रता भनेको सबैधर्म स्वतन्त्र हुनु भन्ने हो। कम्यूनिष्टहरु कुनै धर्म मान्दैनन् त्यसैले उनीहरु धर्मनिरपेक्षतावादी भए र नेपाली कांग्रेसले सबै धर्म मान्नेहरुको संरक्षण गर्नु पर्दछ। धर्ममा राज्यले कसैलाई हस्तक्षेप गर्नु हुदैन भनेर धार्मिक स्वतन्त्रता भन्ने शब्द रोजेका थिए। त्यसअनुसार जानु पर्दछ भन्नेमा अघि बढी रहेका छन्। यी दुबै समुहको बीपीको विचारमा व्याख्या फरक फरक ढंगले आइरहेको छ।

बीपीले आफ्नो विचार फैलाउन देश दौडाहा गरेका थिए। गिरिजाप्रसाद कोइराला पनि देश दौडाहा गर्नका सक्रिय थिए। अहिले डा. शेखर कोइरालाले देश दौडाहा गरेर कांग्रेसको नेता कार्यकर्ताहरुको मन जित्ने प्रयास गरिरहेका छन्। तर अबका दिनमा देश दौडाहा गरेर मात्र पुग्दैन। सञ्चारको यूगले अहिले बोलेको कुरा झणभरमै संसारमा फैलिन्छ। त्यसैले नेपाली कांग्रेसको अबको नेतृत्वले बीपीको सिद्धान्तलाई सुगा रटाईको रुपमा मात्र अनुशरण नगरेर कसरी उनको सिद्धान्तलाई अहिलेको परिवेश अनुसार व्यवहारमा उतार्न सकिन्छ भन्ने मोडल बनाउन आवश्यक छ। लगभग सिद्धान्त विहीन भएर गुटको राजनीति तर्फ उन्मुख भएको नेपाली कांग्रेसले बीपीलाई संझने मौकामा त्यस्तो केही काम गर्नु पर्ने थियो। तर त्यो गरेको पाइदैन।

औपचारिकतामा सिमित भएर सिद्धान्तमा खडेरी परिरहेको कांग्रेसलाई विचारमा आधारित पार्टी बनाउनु पर्नेमा कांग्रेस बीपीको बाटोमा नहिडेर उल्टो बाटो समात्दै छ। उल्टो बाटोले केही नेताहरुलाई प्रधानमंत्री, मंत्री बनाउला तर समग्र धेरैको उन्नती हुन सक्दैन। बेलैमा बीपीको मूलबाटो तर्फ नेपाली कांग्रेस लाग्न आजको दिनले उनीहरुलाई प्रेरणा देओस। बीपीको

समाजवादलाई खुलाउनेहरुलाई नेपाली कांग्रेसका जिल्ला तहका कार्यकर्ता र नेताहरुले चिनेर उनीहरुलाई नेतृत्वबाट पन्छाउन सक्ने कदम तल्लो संगठन देखिनै चाल्नु पर्दछ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद भन्ने कांग्रेसहरुले अबदेखि समाजवाद, लोकतन्त्र र राष्ट्रियताको कुरा गर्नु पर्दछ। अर्थात पहिले समाज हेर्ने, त्यसपछि लोकतन्त्र। लोकतन्त्र भएमा मात्र राष्ट्रियताको लागि लड्न सकिन्छ। नेपाली कांग्रेसले शुरुमा राखेको राष्ट्रियतालाई पनि बीपीले जस्तो संवेदनशील भएर हेर्ने गरेको छैन। कांग्रेस गणतन्त्रका लागि कम्यूनिष्टहरुसंग सती गयो। कांग्रेसले बीपीको सिद्धान्तलाई नै विर्को लगाइदियो भन्नेहरु कांग्रेस भित्रै छन्।कांग्रेसमा अहिले समाजवादको मोडलमा बहस हुँदैन। उनीहरु कसरी नेतृत्वमा जानेभन्नेमा सिमित छन्। नेतृत्वमा पुगेपछि समाजवादको मोडल बनाउँला भन्नेमा गएका देखिन्छन्। सभापति बन्ने होडमा रहेकाहरुले बैचारिक कुरा गर्दैनन्। बिचारको राजनीति कांग्रेसमा शुन्य प्रायः भइसकेको छ।

तसर्थ बीपीलाई सम्झनाका लागि मात्र सम्झिएर भएन। आफैमा विपीको विचारलाई दुईधारमा व्याख्या गरेर समेत भएन। नागरिकलाई चाहिएको मूख्य कुरा जीवन गुजारा सरल र सहज ढंगले होस भन्ने हो त्यसका लागि बीपीको समाजवादको मोडललाई डेन्टिङ्पेन्टिङ् गरेर चम्किलो बनाउने तर्फ लाग्नुहोस। हैन भने नेताहरुले त यसलाई खुइलाएर चिन्नै नसक्ने बनाइसकेका छन्। ती खुइलाउने नेताहरुलाई यहाँहरुले पनि आगामी कांग्रेसको महाधिवेशबाट खुइलाइदिने अभियान सञ्चालन गर्ने हो कि ? कित अन्धभक्त भएर बीपीले देखाएको बाटो छोडेर उल्टोबाटो हिडनेहरुलाई नै नेता मानेर हिड्ने ? फैसला गर्ने पालो कांग्रेसका तलदेखि माथिसम्मका बीपी विचारकहरुको हातमा छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *