कर्णालीमा २८ सङ्क्रमित थप

डिसी नेपाल
२४ भदौ २०७७ २०:१६

कर्णाली । कर्णाली प्रदेशमा कोभिड—१९ का २८ जना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा २८ जना गरेर अहिलेसम्मको सङ्क्रमितको सङ्ख्या दुई हजार ७१९ पुगेको छ ।

कर्णालीका विभिन्न स्थानमा गरिएको परीक्षणमा थपिने सङ्क्रमितहरू सुर्खेतको वीरेन्द्रनगरका १७ जना, रूकुम पश्चिम चार जना तथा सल्यान र दैलेखका दुई/दुई जना रहेका छन् । त्यस्तै जाजरकोट, मुगु र चितवनका एक/एक जना सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कर्णालीमा कोरोना जितेर डिस्चार्ज हुनेहरूको सङ्ख्या १४ जना रहेको भने प्रदेशभर कुल डिस्चार्ज हुने दुई हजार ३५४ जना रहेका छन् । प्रदेशभर सक्रिय सङ्क्रमित ३५९ जना रहेका छन् । हालसम्म कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण छ जनाको ज्यान गइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *