बेपत्ता पारिवारलाई राहत उपलब्ध गराउन आग्रह

डिसी नेपाल
२४ भदौ २०७७ २०:१९

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले द्वन्द्वपीडित परिवारलाई कोभिड १९ को विषम परिस्थितिमा राहत प्याकेज उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री कार्यालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बुझाइएको ध्यानाकर्षणपत्रमा अहिलेको असहज परिस्थितिमा विशेष कोरोना राहत प्याकेजद्वारा पीडितहरूको तत्कालीन आवश्यकता पूर्ति गर्न आग्रह गरिएको छ ।

आयोगका अध्यक्ष युवराज सुवेदीको अध्यक्षतामा यही भदौ २३ गते बसेको बैठकले द्धन्द्धपीडितलाई राहत उपलब्ध गराउन सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा उजुरी दर्ता भई विस्तृत छानबिनमा रहेका दुईहजार ५०६ थान उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारलाई व्यावहारिक र मानवीय आधारमा तत्काल राहत पुग्ने गरी उपलब्ध गराउन भनिएको छ ।

सशस्त्र द्वन्द्व बेपत्ता पारिएका अधिकांश परिवारका सदस्यको आम्दानीको स्रोत सीमित रहेको, दैनिक ज्याला मजदूरी गरी गुजारा गर्नुपर्ने वर्गका तथा वैदेशिक रोजगारीमा जान बाध्य व्यक्तिको श्रेणीमा रहेको पत्रमा उल्लेख छ । वैदेशिक रोजगारीको पहिलो रोजाई भारत, मध्यपूर्व लगायत खाडीका देशको जोखिमयुक्त अग्रभागमा बसेर काम गर्ने गरेको पाइन्छ । जसमध्ये कोरोना प्रभावित हुने र रोजगारी गुमाउनेको सङ्ख्या अधिक रहेको देखिन आएको आयोगले जनाएको छ ।

नेपालमा रहेका बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारमा पनि अधिकांश ज्याला मजदूरीमा काम गर्ने, बिपन्न परिवारनै अत्यधिक रहेको देखिन आएकोले उनिहरुको जीवन अत्यन्त कष्टकर रहेको बताइएकने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *