सीपीएलको उपाधि ट्रिभागो नाइट राइडर्सलाई

डिसी नेपाल
२५ भदौ २०७७ २३:४१

काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि ट्रिभागो नाइट राइडर्सले जितेको छ। बिहीबार भएको फाइनल खेलमा सेन्ट लुसिया जुक्सलाई ८ विकेटले पराजित गर्दै राइडर्सले उपाधि उचालेको हो।

पहिला ब्याटिंग गर्दै जुक्सले दिएको १५५ रनको लक्ष्य राइडर्सले २ विकेट गुमाएर १८ ओभर १ बलमा लक्ष्य पुरा गर्यो।

राइडर्सको जितमा लिन्डेल सिमन्सले ४९ बलमा नटआउट ८४ रन बनाए भने ड्रारेन ब्राभोले ४७ बलमा नटआउट ५८ रन बनाए। जुक्सका लागि स्कट कुलगेन र रोस्टन चेजले एक एक विकेट लिए।

यसअघि बलिंगतर्फ किरोन पोलार्डले ४ विकेट लिएपछि जुक्स सस्तैमा समेटिएको थियो। जुक्सले १९ ओभर १ बलमा अलआउट हुँदै १५४ रन बनाएको थियो। उसका लागि सर्वाधिक रन आन्द्र फ्लेचरले बनाएका थिए। उनले ३९ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा बलियो स्कोर बनाउन सकेन।

राइडर्स नेपाली स्पीनर रहेको जमैका तलहवाजलाई पराजित गर्दै फाइनल पुगेको थियो भने जुक्सले गुयना वारियर्सलाई पराजित गरेको थियो। बिहीबार सम्पन्न लिगमा राइडर्स एक पनि खेलमा पराजित नहुने पहिलो टिम हो। उसले आफूले खेलेका सबै १२ खेलमा जित हात पारेको हो।

कोरोनाका कारण रोकिएको क्रिकेटमा यो सिजन अयोजना गरिएको यो पहिलो फ्रेन्चाइज लिग हो। अब इण्डियन प्रिमियर लिग (आईपीएल) यही सेप्टेम्बर १९ बाट यूएईमा शुरु हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *