बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना

डिसी नेपाल
२५ भदौ २०७७ २३:५४

बैतडी। भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा बिहीबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिए।

योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना भएका छन् । पञ्चेश्वर गाउँपालिकाको रोलघाट र सीमा नाका झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी यसअघि नै स्थापना भईसकेका छन् । कुस्मौत घाटमा आज बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनिकरणलगायतका कुरामा सहयोग पुग्ने बताए।

जिल्लामा भारतसँग जोडिएको ६१ किलोमिटर सीमामा अहिले तीन ठाउँमा सशस्त्र प्रहरीको उपस्थिती भइसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक शाहले बताए। चालु आवभित्रै जिल्लाका अन्य तीन स्थानमा पनि बिओपी स्थापनाको तयारी भइरहेको उनले जानकारी दिए। पञ्चेश्वरको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिने उनले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *